Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:३३:०७ दिउँसो
- ADVERTISEMENT -

अडियो सांसद ढाकाकुमारकै भएको रास्वपाको अनुशासन समितिको ठहर

प्रकाशित मिति: २०७९ चैत २९, बुधबार

270
Shares

काठमाडौं,चैत २८-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अनुशासन समितिका एक सदस्यले पछिल्लो समय विवादित बनेको अडियो सांसद ढाकाकुमार श्रेष्ठकै भएको ठहर आफूहरूले गरेको बताएका छन् । सांसद श्रेष्ठले समितिसमक्ष बयानका क्रममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँगको उक्त अडियो आफ्ने नभएको जिकिर गरेका थिए ।

पार्टी सभापति रवि लामिछानेलाई इमेलमार्फत मंगलबार तीनपन्ने प्रतिवेदन बुझाएको समितिका पदाधिकारीले आज केन्द्रीय समिति बैठकमा ‘ब्रिफिङ’ पनि गर्दै छन् । “हामीलाई केन्द्रीय समितिमा पनि ब्रिफिङ गर्न भनिएको छ । प्रतिवेदनका बारेमा त्यहाँ पनि हाम्रातर्फबाट ब्रिफिङ हुनेछ,” अनुशासन समितिका ती सदस्यले भने, “उहाँले प्रसाईंसँग आफूले कुरा नगरेको र त्यो अडियो पनि आफ्नो नभएको बताउनुभएको छ । तर, हाम्रो बुझाइमा प्रसाईंसँगको कुराकानीमा भएको अडियो उनको नै हो ।”

अनुशासन समितिसँग सांसद श्रेष्ठले सहयोग मागेको र आफूलाई असहयोग गरे ‘कोर टिम’ प्रमाणसहित सार्वजनिक गर्ने धम्की दिएको विषय भने ती सदस्यले अस्वीकार गरे । “हामीसँगको बयानमा उहाँले त्यस्तो सहयोगको अपेक्षा वा धम्की दिनुभएको छैन । बाहिर आएको कुराले म अचम्मित पनि छु,” ती सदस्यले भने, “अहिले उहाँले अडियो नै मेरो होइन भन्नुभएको छ । भोलि कारबाही भएपछि अडियो मेरै हो, तर कोर टिम फलाना–फलाना हुन् भन्दैमा कसले पत्याउँछ ? तपाईंहरू पत्याउनुहुन्छ ?”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -