Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:३२:५३ बिहान
- ADVERTISEMENT -

गोरखा दरबारबाट रुपन्देहीसम्मको एकीकरण मार्गमा नेपाली सेनाको पदयात्रा सुरु

प्रकाशित मिति: २०७९ चैत २९, बुधबार

242
Shares

गोरखा — गोरखा दरबारबाट रुपन्देहीको जितगढी एकीकरण मार्गमा नेपाली सेनाले पदयात्रा सुरु गरेको छ । बुधबार गोरखा दरबारबाट सुरु भएको यात्रा वैशाख ७ गते रुपन्देही जिल्लाको जितगढी पुगेर टुंगिनेछ ।

गोरखा मूल दरबारबाट बाजागाजा, राष्ट्रिय झन्डा तथा एकीकरणको दौरानमा स्थापना भएका ५ प्रथम कम्पनी (श्रीनाथ, कालीबक्स, वर्दवाणी, सवुज र पुरानो गोरख) तथा जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झन्डासहित पदयात्रा सुरु गरिएको हो । शार्दुलजंग गुल्म पनि ऐतिहासिक सैनिक पोसाक तथा हतियारसहित जितगढीसम्मको यात्रामा निक्लिएको छ ।

गोरखा दरबारबाट हिँडेको पदयात्रा टोली तनहुँ, पाल्पा हुँदै वैशाख ७ गते रुपन्देहीको जितगढी पुग्नेछ । वैशाख ७ गते जितगढीको प्रतीमा प्रधानसेनापतिबाट बुटवल उप–महानगरपालिकालाई हस्तान्तरण गर्ने योजना बनाइएको छ ।

पदयात्रामा गोरखाको रिपुमर्दन गण, तनहुको रुरुभैर दल गण, कालिभञ्जन गण, श्री नं. ३ राजदल गण, स्याङ्जाको समरजीत गुल्म, पाल्पाको दि फेमस महिन्द्र दल गण र रुपन्देहीको गरुडदल गण सहभागी बन्नेछन् । गोरखा दरबारदेखि जितगढीसम्मको दुई सय ७ किलोमिटर दूरीमा यात्रा हुने नेपाली सेनाको रिपुमर्दन गणका गणपति हेमराज विष्टले बताए । ‘जिल्लागत हस्तान्तरण हुँदै यात्रा अघि बढ्छ,’ उनले भने, ‘गोरखाबाट यात्रा सुरु गरेको युनिटले आज साँझ नै सतिघाटबाट तनहुँलाई हस्तान्तरण हुन्छ ।’

तनहुँ खण्डमा चैत ३०, वैशाख १ र २ गतेसम्म तीन दिनको यात्रापछि केलादीघाटमा पाल्पालाई हस्तान्तरण गर्नेछ । पाल्पाले वैशाख ३, ४, ५ र ६ गतेसम्मको ४ दिनको यात्रापछि नुवाकोटगढीमा रुपन्देहीको युनिटलार्ई हस्तान्तरण गर्ने गरी रुट तय गरिएको उनले बताए । वि.सं. १८७२ मा तत्कालीन सेनाका कर्णेल उजिरसिंह थापाको नेतृत्वमा जितगढी किल्लामा युद्ध भएको थियो ।


जितगढी किल्लामा वि.सं. १८७२ वैशाख ७ गते नेपालसँग हारेपछि अंग्रेज सेना फिर्ता भएको इतिहासका जानकार बताउँछन् । वैशाख ७ गते जितगढीमा विजय उत्सव दिवसको रुपमा मनाउँदै आइएको छ । गोरखाबाट पदयात्रा सुरु गरेको नेपाली सेनाको युनिटले सोही उत्सवमा सहभागिता जनाउनेछ । नेपाली सेनाको अगुवाइमा ऐतिहासिक महत्त्व बोकेका गढी, किल्ला, युद्धस्थल, पदमार्गलगायत धरोहरको संरक्षण, सम्बर्द्धन एवं प्रवर्द्धनका लागि पदयात्रा सुरु गरिएको हो ।

पाँच वर्षयता राष्ट्रिय एकता दिवसको अवसर पारेर प्रत्येक पुस २७ गते पूर्वतर्फ गोरखा दरबारबाट काठमाडौं हनुमानढोकासम्मको एकीकरण पदयात्रा गर्दै आएको सेनाले पश्चिमतर्फको जितगढीसम्मको यात्राको पनि बुधबारबाट आरम्भ गरेको हो । कान्तिपुरमा प्रकाशित समाचार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -