Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:०५:३७ दिउँसो
- ADVERTISEMENT -

दुई कराेड मागेकाे बारे ढाकाकुमारले पार्टीलाई बुझाएकाे स्पष्टीकरणमा के छ ?

प्रकाशित मिति: २०७९ चैत २८, मंगलबार

360
Shares

मन्त्री बन्न दुई करोड मागेको अडियो सार्वजनिक भएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले स्पष्टीकरण दिएका छन् । उनले पार्टीको अनुशासन तथा आचरण समितिलाई हिजो अबेर स्पष्टीकरण बुझाएका हुन् । उनलाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन भनिएको थियो । उनले स्पष्टीकरण पत्रमा अडियो आफ्नो नभएको जिकिर गरेका छन् ।

‘स्पष्टीकरण आएकाे छ । सार्वजनिक भएको अडियोको आवाज आफ्नो होइन । पार्टीले गर्ने निर्णयमा सहमत छु भनिएको छ,’ अनुशासन समितिका प्रमुख भरत देवकोटाले भने ।

सांसद श्रेष्ठले स्पष्टीकरण दिएपछि अनुशासन समितिले छानबिन प्रक्रिया थप अगाडि बढाएको छ । छानबिनको लागि तीन दिन समय पाएको समितिले आज प्रतिवेदन पार्टीलाई बुझाउने तयारी गरेको छ ।  निर्णय गर्न दिउँसो १ बजे अनुशानसन समितिको बैठक बस्दै छ । ‘छलफल गर्दैछौँ । साँझ ५ बजेसम्म एउटा निर्णयमा पुग्छौँ । केहीगरी ढिला भयो भने भोलि निर्णयमा पुग्छौँ,’  देवकोटाले भने ।

अनुशासन समितिले प्रतिवेदन बुझाएपछि सांसद श्रेष्ठको विषयमा पार्टीले कारबाहीबारे निर्णय लिनेछ । स्वास्थ्य मन्त्री बन्न सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो २६ चैतमा सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएपछि छानबिनका लागि पार्टीले उनलाई निलम्बन गरेको छ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -