राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद हरि ढकालले आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा गरे मौनधारण गरेका छन् ।
शून्य समयमा आफ्नो कुरा राख्न सभामुखले उनलाई १ मिनेटको समय दिएका थिए । उक्त समयमा उनले आफू बसेको कुर्सीबाट उठी हातमा माइक्रोफोन लिएर ‘सभामुख महोदय’ भनी सभामुखलाई सम्बोधन गरेपछि मौन बसे ।
सरकारले मानीनयले बोलेको केही पनि नसुनेकाले मौनधारण गरेको अन्त्यमा उनले बताएका छन् । मन्त्रीहरूले आकस्मिक, शून्य र विशेष समयमा उठाएका विषयको जवाफ नदिएको भन्दै उनले विरोध जनाएका हुन् ।








































