Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:०२:३७ दिउँसो
- ADVERTISEMENT -

गंगबुमा ‘स्विप अपरेसन’: सस्तोमा यौनकर्मी उपलब्ध गराउने ७७ जनाविरुद्ध मुद्दा

प्रकाशित मिति: २०७९ चैत २४, शुक्रबार

136
Shares

जिल्ला प्रहरी कार्यालय काठमाडौँले गोङ्गबुस्थित नयाँ बसपार्क क्षेत्रबाट पक्राउ परेका ७७ जनाविरुद्ध अभद्र अभियोगमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

बसपार्क क्षेत्रका होटलमा देहव्यापार तथा यौन क्रियाकलाप गराउने, बिचौलियाका रूपमा आन्तरिक र विदेशी पर्यटकलाई ठगी गर्ने र अभद्र व्यवहार गर्ने गरेको पाइएपछि प्रहरी परिसरले सो क्षेत्रमा बुधबार ‘स्विप अपरेसन’ गरी उनीहरूलाई पक्राउ गरेको थियो ।

परिसरका प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले पक्राउ पर्नेमा ३६ जना महिला र ४१ जना पुरुष रहेकाे जानकारी  दिए ।

जिल्ला अदालत काठमाडौँबाट म्याद थप भई उनीहरूविरुद्ध अनुसन्धान भइरहेको छ । बसपार्क क्षेत्रमा सस्तो होटल मिलाउने तथा महिला यौनकर्मी उपलब्ध गराउने भन्दै सडकबाट यात्रुलाई तान्ने गरेको गुनासो बढेपछि ‘स्विप अपरेसन’ गरिएको प्रहरी उपरीक्षक भट्टले जानकारी दिए ।

अपरेसनका लागि प्रहरीले विभिन्न प्रहरी वृत्तबाट ३० जना सादा पोसाकका र १३ जना प्रहरी खटाएको थियो । बसपार्क क्षेत्रका गेस्ट हाउस, दोहोरी, डान्स बार तथा रात्रि क्लबमा एकसाथ छापा मारेर पक्राउ परेका व्यक्तिकोे अनुसन्धान भइरहेको बताइएको छ ।

डान्स बारलगायतका रात्रि क्लबमा चर्को मूल्य असुलेर ग्राहकलाई ठग्ने गुनासो बारम्बार आउने गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -