Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:२४:५४ बिहान
- ADVERTISEMENT -

चितवनमा रविविरुद्ध परेको तीन वटा उजुरीको दावी पुगेन, रविको उम्मेदवारी कायम गर्ने निर्णय

प्रकाशित मिति: २०७९ चैत २२, बुधबार

234
Shares

चितवन

चितवन क्षेत्र नं.२ का उम्मेदवार रवि लामिछानेविरुद्ध परेका तीन वटा उजुरीमा दावी नपुगेको निश्कर्ष निकाल्दै उनको उम्मेदवारी कायम राख्ने निर्णय भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले केहीबेर अघि तीन वटा उजुरीमा दावी नपुगेको भन्दै रविको उम्मेदवारी कायम गर्ने निर्णय गरेको सहायक निर्वाचन अधिकृत इश्वर आचार्यले जानकारी दिए । ‘दुई स्वतन्त्रसहित ३ जना उम्मेदवारले हिजो रविविरुद्ध दावीविरोध गर्दै उजुरी दिएका थिए, रविको स्पष्टीकरण पछि उहाँहरुको दावी नपुगेपछि उम्मेदवारी कायम गर्ने निर्णय भएको छ ।”–आचार्यले भने ।

यस्तै अधिवक्ता युवराज पौडेल ‘सफल’ले दिएको उजुरीमा निर्वाचन आयोगले नै निर्णय गर्ने भएको छ । त्यसका लागि आयोगले रवि लामिछानेलाई ७ दिन भित्रमा जवाफ पेश गर्न पत्र पठाएको छ । उक्त पत्र आजै लामिछानेलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको छ । ७ दिन भित्रमा रविले दिएको जवाफलाई जस्ताकोतस्तै आयोगमा पठाएपछि आयोगले नै निर्णय गर्ने आचार्यले जानकारी दिए ।

आज दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा आफै उपस्थित भएर लामिछानेले ६ पेजमा जवाफ दिँदै स्पष्टिकरण बुझाएका थिए । लामिछानेले पुरानै मतदाता नामावलीको आधारमा उम्मेदवारी दिएको भन्दै उजुरी परेको थियो । सोधिएका सबै प्रश्नको बुँदागत रुपमा लामिछानेले जवाफ दिएका छन् । लामिछानेविरुद्ध हिजो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तीन जना उम्मेदवारले दावी बिरोध गर्दै उजुरी दिएका थिए । एउटा मेल मार्फत युवराज पौडेलले समेत उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा लामिछानेलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज दिउँसोसम्ममा स्पष्टिकरण माग गरेको थियो । चितवन २ मा लामिछानेसंगै २४ जनाले उम्मेदवारी दिएका छन् । गत मंसिर ४ गते भएको निर्वाचनमा विजयी भएका रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले सांसद पद नै खारेज गरेपछि आउँदो वैशाख १० गते उपनिर्वाचन हुन लागेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -