Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:२२:१९ दिउँसो
- ADVERTISEMENT -

तीन महिनाजति प्रधानमन्त्री र मन्त्रीहरूको अनुहार नै देख्न नपरे हुन्थ्यो : गगन थापा

प्रकाशित मिति: २०७९ चैत २२, बुधबार

281
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई देशको अर्थतन्त्र विषयमा एमालेसँग पनि छलफल गर्न आग्रह गरेका छन् ।

नेपाल वित्तीय संस्था कर्मचारी संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अप्ठ्यारो परेको बेलामा सबै मिलेर काम गर्नुपर्ने बताए ।

प्रधानमन्त्रीलाई आग्रह गर्दै भने, ‘कांग्रेस, माओवादी समाजवादी गठबन्धनमा रहेका दलमात्रै होइन । यहाँ प्रमुख प्रतिपक्षी दलसँग पनि अप्ठ्यारो बेलामा यसरी जाऔं भनेर छलफल गरौं । स्थानीय सरकार त एमालेको पनि छ नि । कतिपय प्रदेशमा हामी सँगै मिलेर काम गर्नुपर्नेछ । त्यसैले प्रमुख प्रतिपक्ष दलसँग पनि बसेर छलफल गर्नुपर्छ ।’

सरकारले सबै पार्टीसँग समन्वय गर्नुपर्ने बेलामा सरकार र राष्ट्र बैंकको सम्बन्ध पनि एकअर्काको परिपूरक हुनुपर्ने उनले बताए ।

गगनले अहिले प्रधानमन्त्री र मन्त्रीहरूको फोटो समाचारमा आउँदा पनि नरमाइलो लाग्ने बताए । तीन महिना सरकारमा रहेकाले आर्थिक अवस्था सुधारमा गम्भीर भएर लाग्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘प्रधानमन्त्री र मन्त्रीहरूको समाचार आयो भने नराम्रो नरमाइलो लाग्छ । फुर्सद कसरी पाउनुभयो । प्रधानमन्त्री र मन्त्रीले त यो बेलामा फोटो खिच्नु पनि पर्दैन । तीन महिनाजति प्रधानमन्त्री र मन्त्रीहरूको कहीँ टेलिभिजन र अनलाइनमा अनुहारै देख्न नपाए हुन्थ्यो । त्यो भनेको नराम्रो सेन्समा होइन ।’

उनले अब देशको पाँच वर्ष कांग्रेसको काँधमा रहेको सबैलाई एकजुट भएर गम्भीर रूपमा लाग्नुपर्ने बताए । थापाले भने, ‘सबैतिर अहिले हाम्रो सरकार छ । त्यसैले दोष देखाउन मिल्दैन । अहिले हामीसँग भएको सोच र योजनालाई अगाडि बढाउन सक्नुपर्छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -