काठमाडौँ ।
काठमाडौंको टोखा नगरपालिका वडा नं २ टोखामा सडक खाना महोत्सव तथा सामाग्री प्रदशन कार्यक्रम हुने भएको छ।
लघु उधम महिला समाज टोखाको आयोजना र टोखा नगरपालिका वडा नं २ को सहयोगमा चैत २५ गते शनिबार १० बजे देखि हुन गइरहेको छ । सो अवसरमा सडक खाना महोत्सव तथा सामाग्री प्रदशनीमा स्थानीय खाना , स्थानीय महिलाहरुले उत्पादन गरेको लघु उद्योग तथा अन्य सामाग्री प्रदशनीमा रहने कुरा आयोजक समितिले जनाएको छ।








































