Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:०४:०२ दिउँसो
- ADVERTISEMENT -

दुई पटक विश्व विजेता भएको वेस्ट इन्डिजले नेपालसहित १० टिमसँग छनोट खेल खेल्ने

प्रकाशित मिति: २०७९ चैत २०, सोमबार

259
Shares

काठमाडौं, चैत २०

आइतबार दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सविरुद्धको तीन खेलको एकदिवसीय सिरिज २-० ले जितेसँगै आइसिसी एकदिवसीय विश्वकप क्रिकेट २०२३ मा छनोट हुने सम्भावना बलियो बनाएको छ।

विश्वकपको छनोटको रुपमा रहेको आइसिसी विश्वकप सुपर लिगमा आठौं स्थानमा उक्लिएसँगै दक्षिण अफ्रिकाको विश्वकपमा छनोट हुने सम्भावना बलियो भएको हो।

दक्षिण अफ्रिका आठौ स्थानमा उक्लिएसँगै वेस्ट इन्डिज भने विश्वकपमा सिधा छनोट हुन असफल भएको छ। सन् १९७५ र १९७९ को विश्वकप विजेता वेस्ट इन्डिजले अब विश्वकप २०२३ मा स्थान बनाउन छनोट प्रतियोगिता खेल्नु पर्ने भएको छ।

यसअघि १९९६ को विश्वकप च्याम्पियन श्रीलंकाले पनि विश्वकपमा सिधा स्थान बनाउन असफल भएको थियो। सुपर लिगका शीर्ष आठ टिम भारतमा हुने विश्वकपमा छनोट हुने प्रावधान छ।

अब आठौं स्थानको दक्षिण अफ्रिका र एघारौं स्थानको आयरल्यान्ड मध्ये एक टिम मात्र विश्वकपमा छनोट हुनेछ।

एघारौं स्थानमा रहेको आयरल्यान्डको पनि मेमा बंगलादेशसँग तीन खेल बाँकी रहेकाले उसको पनि छनोट हुने सम्भावना छ। आयरल्यान्डले तीनै खेलमा बंगलादेशलाई हराए विश्वकपमा स्थान बनाउनेछ।

विश्वकप २०२३ मा आयोजक भारतसहित सुपर लिगको शीर्ष टिम न्युजिल्यान्ड, इंग्ल्यान्ड, बंगलादेश, पाकिस्तान, अस्ट्रेलिया र अफगानिस्तान गरी सात टिम छनोट भइसकेका छन्।

जिम्बावेमा आगामी जुलाईमा हुने विश्वकप छनोटबाट दुई टिम विश्वकपमा पुग्नेछन्।

विश्वकप छनोटमा नेपालले पनि प्रतिस्पर्धा गर्दैछ। जहाँ नेपालसहित वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे, नेदरल्याण्ड्स, स्कटल्यान्ड र ओमान गरी ७ टिमले खेल्ने पक्का भइसकेको छ।

छनोटमा प्रतिस्पर्धा गर्ने १० मध्ये बाँकी ३ टिमको टुंगो लाग्न बाँकी छ। सुपर लिगबाट एक टिम र प्लेअफ क्वालिफायरबाट दुई टिम विश्वकप छनोटमा पुग्न बाँकी छ। प्लेअफ क्वालिफायर नामिबियामा जारी छ।

विश्वकप छनोटमा १० टिमलाई दुई समूहमा विभाजन गरिनेछ। दुवै समूहका शीर्ष तीन टिम सुपर सिक्समा पुग्नेछन्। सुपर सिक्सका शीर्ष दुई टिम विश्वकपमा छनोट हुनेछन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -