Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४४:१९ दिउँसो
- ADVERTISEMENT -

राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष जनकराज शर्माले दिए चितवन २ मा उम्मेदवारी

प्रकाशित मिति: २०७९ चैत २०, सोमबार

497
Shares

चितवन,चैत २०-

राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष जनकराज शर्माले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । बैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि भरतपुरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान ११ बजे पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । सुर्खेतका शर्मालाई जनमोर्चाले चितवनबाट उठाएको हो । उनको प्रस्तावकमा डम्मर केसी र समर्थक भरतपुर देवी शर्मा रहेका छन् । मंसिर ४ गते भएको निर्वाचनमा जनमोर्चाले चितवनबाट उम्मेदवारी दिएको थिएन । उसले कांग्रेस माओवादी गठबन्धनलाई सघाएको थियो । अहिले जनमोर्चा गठबन्धनबाट बाहिरिएको छ । उस्ले तनहुँ १ र बारा २ मा भने उमेद्वारी दिएको छैन। चितवनमा अमेरिकी साम्राज्यवादका विरुद्ध भण्डाफोर गर्ने उद्देश्यका साथ चुनावलाई उपयोग गरिएको राजमोका महामन्त्री मनोज भट्टले बताए। जनमोर्चाले यस निर्वाचनलाई प्रतिष्ठाको रूपमा लिएको छ ।

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले पद खारेज गरेपछि उपनिर्वाचन हुन लागेको हो । गत मंसिर ४ गतेको निर्वाचनमा लामिछाने अत्याधिक मतका साथ विजयी भएका थिए । उनले ४९ हजार २६१ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्प्रर्धी तत्कालिन राज्यमन्त्री कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८३ मत ल्याएका थिए । फेरी लामिछाने राहादानी दुरुपयोग सम्बन्धी विवादमा मुछिएका छन् ।

बैशाख १० गतेका लागि हुन लागेको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता जीतनारायण श्रेष्ठ, एमालेको तर्फबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, राप्रपाको तर्फबाट जिवलाल पुरीले उम्मेद्वारी दिँदैछन् । लामिछानेले यसअघि नै उमेद्वारी दिएर तनहुँ प्रस्थान गरेका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -