काठमाडौँ ।
तारकेश्वर नगरपालिकामा नगरप्रमुख कृष्णहरि महर्जन आएपछि नगरभित्र ब्यापक सुधार देखिएका छन्। नगर प्रमुख महर्जनले करिब १० महिनामा भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका क्षेत्रमा जनताले महशुस गर्ने गरि ब्यापक सुधारका काम गरेका छन्।

नगर प्रमुख महर्जनले विभिन्न स्थानको सडक स्तरोन्नति, स्वास्थ्य संस्थाका भवन, सामुदायिक भवन निर्माण तथा स्तरोन्नति, सामुदायिक विद्यालय साथै नगरका विभिन्न वडामा विकासका कामहरु भएको नगर प्रमुख महर्जनले बताए। नेपाली काँग्रेसबाट निर्वाचित भएका नगर प्रमुख महर्जनले सबै राजनीतिक दललाई समेटेर समृद्द तारकेश्वर नगर बनाउन लागिपरेका छन्। उनि चुनावमा जनतासंग गरेको बाचा पुरा गर्ने क्रममा रहेका छन्। उनले नगरको हरेक विकासमा जनसहभागिता समेत गराउँदै आएका छन्। उक्त कार्यले भने जनताहरु नगर प्रमुख संग खुशी सन्तुष्टि देखिन्छन। नगरप्रमुख महर्जनले नगरको सीमित आन्तरिक स्रोत, संघीय र प्रदेश सरकारबाट प्राप्त वित्तीय अनुदानकोे अधिकतम उपयोग गर्दै भौतिक पूर्वाधार र मानवीय विकासबीच सन्तुलन कायम गर्दै विकास निर्माणका दीर्धकालीन र अल्पकालीन महत्वका योजनाहरुमा काम भईरहेको बताए । त्यसैगरी उपमेयर सिर्जना बुर्लाकोटीले न्यायमा नागरिकको पहुँच हुनेगरी नगरबासीमा कानुनी शासनको प्रत्याभूति दिलाउन सक्दो प्रयास गरिरहेको बताएकी छन् ।

महर्जनको नेतृत्वमा पहिलो नीतितथा कायमक्रम र बजेट २०७९ /०८० नगर सभाले पारित गरिसकेको छ। निर्वाचनका क्रममा ब्यक्त गरेका प्रतिबद्दता, जनताको आवश्यकता र चाहनालाई प्राथामिकतामा राखी निर्माण गरेको कार्यक्रम र बजेट कार्यान्वयनको चरणमा रहेको छ । तारकेश्वरले चालु आ.व. को नीति तथा तथा कार्यक्रम र बजेटमा शुद्द खानेपानी सहितको एक घर एक धारा, फोहोरमैला व्यवथथापन, पर्यटन प्रबर्दन, सडक बत्ती जडान कार्यलाई विशेष प्राथामिकतामा राखेको छ। नगरपालिकाको समष्टिगत विकास, समृद्दी र सुशासनको लागि नगरको आवश्यकता अनुसार छिटो-छरितो, पारदर्शी र प्रभावकारी तवरले सेवा प्रवाह गर्न आफुहरु प्रतिबद्द रहेको नगर प्रमुख महर्जनले बताए। उनले भने,’ हामी निर्वाचित भए पश्चात नगरकार्यपालिकाको पहिलो बैठकमा गरेको निर्णय बमोजिम एक घर एक धारा, करको दायरा बढाउने दर घटाउने, गुणस्तरीय शिक्षा उपलब्ध गराउने कुरामा प्रतिबद्द छु । ‘ कृषि, पर्यटन, स्वास्थ्य, सञ्चार, यातायात लगायत जनताको दैनिक आवश्यकतासँग जोडिएका विकास निर्माणलाई तारकेश्वर नगरपालिकाले प्राथामिकता राखेर काम गर्दै आएको छ।

तारकेश्वर नयाँ नगरप्रमुख आएपछि सुरु भएका कामहरु:
१. कार्यपालिकाको प्रथम बैठकको निर्णयानुसार एक घर एक धाराको नीति कार्यान्वयन गर्न चालु आ.व. को मंसिर मसान्त सम्ममा संघीय सरकार, तारकेश्वर नगरपालिका र गोलढुंगा वृहत खानेपानी उपभोक्ता समितिको साझेदारीमा ४४ करोड लागत अनुमानमा करिब ४ हजार ८ सय ७५ घरधुरी लाभान्वित हुने गरी आयोजना सम्झौता सम्पन्न भईसकेको ।
२. China Foundation र नगरपालिकाको साझेदारीमा तारकेश्वर नगरपालिकाको वडा नं. २ का करिब ६०० घरधुरी खानेपानी सेवाबाट लाभान्वित हुने गरी खानेपानी आयोजना कार्यान्वयनको चरणमा रहेको ।
३. काठमाडौ महानगरपालिका र तारकेश्वर नगरपालिकाको सहलगानीमा निर्माण गरिने अधेरी खोला, अल्ले मुहान र भण्डारे मुहानबाट खानेपानी वितरणका लागि आवश्यक DPR निर्माण कार्यान्वयनको क्रममा रहेको ।
४. कार्यपालिकाको प्रथम बैठकको निर्णयानुसार तारकेश्वर नगरपालिका भित्रका सामुदायिक विद्यालयहरूबाट गुणस्तरीय शिक्षा उपलब्ध गराउने नीति अनुरूप नगरपलिकाको अनुदानमा निर्माण तथा संरचना सुधार : अन्तर्गत फुटुङ मा.वि., मनमैजु मा.वि., कालीदेवी मा.वि., सरस्वती आधारभूत विद्यालय र कालिकाशरण मा.वि., साथै न.पा. भित्रका दुई वटा सामुदायिक क्याम्पसहरू ग्रामीण आदर्श बहुमुखी क्याम्पस र नेपाल राष्ट्रिय कलेजको भौतिक संरचना सुधार अन्तिम चरणमा पुगेको।
५. सामुदायिक विद्यालयहरुमा विद्यार्थी भर्नादरलाई अभिवृद्धि गर्ने नीति अनुरुप चालु आ.व. मा श्री जितपुर मा.वि.मा बस खरिद प्रक्रिया अघि बढाईएको ।
६. तारकेश्वर नगरपालिकामा रहेका निजी तथा सामुदायिक विद्यालयहको सुदृढ, अनुगमन र नियमन गर्दै निजी सरकारी साझेदारीमा शैक्षिक केन्द्रका रुपमा विकास गर्न कार्यहरु अगाडि बढाईएको।
७. सामुदायिक विद्यालयहरु अन्तर्गत २०७८ को SEE परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यालय श्री पृथ्वीनारायण मा.वि. लाई Smart Board / Digital Board उपलब्ध गराईएको।
८. तारकेश्वर नगरपालिकाको युवा तथा खेलकुद कार्यक्रमलाई प्रोत्साहन गर्न मिति २०७९ माघ १२, १३ र १४ गते भलिवल, फुटवल, कबड्डी, एथ्लेटिक्स, मार्सल आर्टस लगायतका खेलहरु सहितको मेयरकप खेलकुद कार्यक्रम आयोजना गरिने निर्णय भईसकेको साथै यसको निरन्तरताको लागि खेलाडी प्रोत्साहन पुरस्कार कार्यक्रम सञ्चालन गरिएको।
९. न्याय सम्पादनलाई सहज र प्रभावकारी बनाई मेलमिलाप नीतिलाई सर्वोपरी कार्यान्वयन गर्न केन्द्र र वडा तहमा मेलमिलाप केन्द्रहरुको स्थापनाका लागि प्रक्रिया सुरु गरिएको।
१०. चालु आ.व.को हालसम्म गत आ.व. को बाँकी मुद्दा समेत गरी जम्मा ८० वटा विभिन्न प्रकृतिका मुद्दा दर्ता भएकोमा १६ वटा मेलमिलाप भएको, ६ वटाको फैसला भएको र अन्य हेर्दाहेर्दैको अवस्थामा रहेको छ, न्यायीक निरुपण भएका मुद्धाहरुको प्रगति २७.५० प्रतिशत रहेको छ, तारकेश्वर नगरपालिकाको चालु आ.व.को मंसिर मसान्तसम्मको वित्तीय प्रगति चालुतर्फ १५ करोड ४५ लाख ७३ हजार (१९.३४ प्रतिशत) र पुँजीगततर्फ १२ करोड ६६ लाख ८८ हजार (८.२० प्रतिशत) गरी समग्रमा कुल २८ करोड १२ लाख ६१ हजार (१२ प्रतिशत) भएको छ ।
११. करको दायरा बढाउने करको दर घटाउने नीति अनुरूप “स्वेच्छिक सहभागिता सहितको करः विकासमा आत्मनिर्भर उन्मुख नगर” को नारालाई कार्यान्वयन गर्न तारकेश्वर नगरपालिकाको चालु आ.व. २०७९ / ०८० मा २५ करोड ५ लाख ३३ हजार आन्तरिक राजस्व लक्ष्य लिईएकोमा २०७९ मंसिर मसान्तसम्ममा १३ करोड ४१ लाख ५३ हजार (५३.५५ प्रतिशत) राजस्व प्राप्त भईसकेको ।
१२. तारकेश्वर नगरपालिकाको करको दर घटाउने र दायरा बढाउने नीति अनुरुप राजस्व शाखा र नगर प्रहरीको संयुक्त प्रयासमा स्थलगत रुपमा निरिक्षण गरी नगर क्षेत्रभित्र रहेका व्यवसायीहरुको व्यवसाय दर्ताको तथ्याङ्क संकलन वडा नं. ८ बाट शुरुवात गरी चालु आ.व. मै अन्य वडाहरुमा समेत सो कार्यक्रमलाई निरन्तरता दिने लक्ष्य लिईएको, सार्वजनिक खरिद प्रक्रियालाई थप व्यवस्थित बनाई प्रतिस्पर्धात्मक र पारदर्शिता कायम राख्न नगरपालिकाबाट हुने सबै खालका ठेक्कापट्टा मार्फत गर्नुपर्ने खरिद तथा विक्री प्रक्रियाहरुलाई पूर्णतया PPMO मार्फत हुने E- Bidding प्रणाली अवलम्वन गरिएको।
१३. नगरपालिकाको पूर्वाधार क्षेत्रको विकासमा जोड दिन चालु आ.व.मा न.पा. बाट १३ वटा योजनाहरु ठेक्का प्रक्रियामार्फत, उपभोक्ता समिति मार्फत १७६ वटा योजनाहरू सम्झौता भई कार्यान्वयनको चरणमा रहेको, ३२ वटा योजनाहरूको कार्य सम्पन्न गरी अन्तिम भुक्तानी भईसकेको।
१४. जनसहभागिता सहितको पूर्वाधार क्षेत्रको विकास गर्ने नीति अनुरुप उपभोक्ता समिति मार्फत कार्यान्वयन गरिने योजनाहरूमा ६०/४० को लागत सहभागिता रहने गरी योजना कार्यान्वयन गरिएको,
पूर्वाधार विकासतर्फ चालु आ.व. को पौष २० सम्ममा करिब ४ कि.मि. सडक कालापत्रे, १४७४ मिटर सडक ढलान, २६१२ मिटर स्तरोन्नती, ३३४ मिटर ढल व्यवस्थापन, २२३२ मिटर डिमार्केशन वाल निर्माण कार्य सम्पन्न गरिएको, साथै नगर उज्यालो कार्यक्रम अन्तर्गत नगरका विभिन्न मुख्य सडक तथा भित्री सडकहरुमा ३४१ वटा सडक सौर्यवत्ती जडान गरिएको
१५. तारकेश्वर नगरपालिकाले साहसिक पर्यटन पूर्वाधार विकास गर्न तारकेश्वर नगरपालिका वडा नं. ५ मा रहेको भ्यू टावरमा जीपलाईन सेवा, वडा नं. ३ मा रहेको कोट डाँडामा बन्जी जम्प र शिवपुरी राष्ट्रिय निकुञ्जमा रहेको तार्केश्वोर महादेव मन्दिरसम्म निजी सरकारी साझेदारीमा केबलकार निर्माण गर्न प्रक्रिया अगाडि बढाईएको,
१६. तारकेश्वर नगरपालिकाको विभिन्न क्षेत्रहरु रहेको ऐतिहासिक, साँस्कृतिक पोखरीहरुको संरक्षण गर्न DPR तयार भई कार्यान्वयनको चरणमा रहेको,
तारकेश्वर नगरपालिकाको नक्सा अभिलेखीकरण अन्तर्गत चालु आ.व. को कार्तिक मसान्तसम्ममा २८० वटा अस्थायी, ६० वटा स्थायी नक्सा पास, २५६ वटा निर्माण सम्पन्न, नामसारी, संशोधन, ६३ वटा अभिलेखीकरण भवनको निर्माण सम्पन्न, ४३ वटा टहरा नक्सा पास भएको छ। नक्सा पास सम्बन्धी प्रक्रियालाई अझै व्यवस्थित, पारदर्शी र छिटोछरितो बनाउनका लागि Electronic Building Permit System (EBPS) लागू गर्दै Building Code Working Procedure (BCWP) लागू गर्ने प्रक्रिया कार्यान्वयनको चरणमा पुगेको छ,
नगरपालिका परिसरभित्रै NIC ASIA BANK को EXTENSION COUNTER राख्न लगाई सेवा सुचारु गरिएको तथा कार्यालयमा तिर्नुपर्ने कर तथा दस्तुर भुक्तानीका लागि DIGITIAL PAYMENT SYSTEM को व्यवस्था गरिएको,
१७.तारकेश्वर नगरपालिका भित्र बसोवास गर्ने नगरवासीहरुलाई आइपर्न सक्ने आकस्मिक सेवालाई व्यवस्थित गर्न तथा सेवा प्रवाह सम्बन्धी गुनासोलाई सम्बोधन गर्न सहायता कक्ष सहितको २४ सैं घण्टा निःशुल्क टोल फ्रि नम्वर व्यवस्था गरिएको,
१८. नगरकार्यपालिकाको कार्यालयबाट प्रदान गरिने सेवालाई व्यवस्थित गर्न (एकद्वार सेवा प्रणाली) का लागि आवश्यक संरचना निर्माण तथा सेवा सञ्चालन गरिएको,
१९. संघीय सरकारको राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समन्वय गरी तारकेश्वर नगरपालिकाको सबै वडाहरूबाट २१९८१ जनाको विवरण संकलन गरिएको तथा नगरपालिकाको कार्यालयबाट ७७ वटै जिल्लाका ७४२५ जना नेपाली नागरिकहरूको राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण संकलन गरिएको।
२०. नगर क्षेत्रमा हुनसक्ने विपद जोखिमहरुको रोकथाम तथा न्यूनीकरणको लागि पुर्वतयारी, प्रतिकार्य र पुर्नलाभ कार्यक्रम सञ्चालन गर्न स्थानीय विपद व्यवस्थापन कोषमा आवश्यक वजेटको व्यवस्था गरिएको, साथै वर्षातका कारण नगरक्षेत्रभित्र क्षति हुन पुगेका भौतिक एवं अन्य संरचनाहरुलाई प्रवलीकरण गर्दै तारकेश्वर नगरपालिका वडा नं. १ स्थित पिपलबोटबाट साङ्ग्ला बिहानीचोक देखि छाप जाने तर्फ घट्टटोल जोड्ने पुलमा वर्षातको कारण क्षति पुग्न गई विपद् जोखिम न्यूनीकरण गर्न उपभोक्ता समितिसँग सम्झौता गरी पुलको निर्माण सम्पन्न गरिएको साथै विनियोजन भएको कुल रकम मध्ये अन्य ४३ वटा योजना उपभोक्ता समिति मार्फत कार्यान्वयन गर्ने गरी कार्यक्रम स्वीकृत भएको, ** विपद् जोखिम न्यूनीकरण गर्न तारकेश्वर नगरपालिकाका पीडित नगरवासीहरुलाई भौतिक सम्पत्तिमा थप क्षति हु नदिन मागका आधारमा त्रिपाल / सिलपोलिन प्लाष्टिक वितरण गरिएको।
२१. ‘तारकेश्वर नगरपालिकाको कामकारवाहीमा पारदर्शिता कायम गर्न नागरिकको सूचनाको हकको संरक्षण, सम्वर्द्धन र प्रचलन गर्नका लागि राष्ट्रिय सूचना आयोगको PDMS मा आवद्धता भएको।
२२. तारकेश्वर नगरपालिकामा स्वास्थ्य सेवाको पहुँच वृद्धि र उपचार खर्चको सरल व्यवस्थापनका लागि नेपाल सरकार स्वास्थ्य बिमा बोर्ड टेकूसँगको सहकार्यमा स्वास्थ्य बिमा कार्यक्रम लागू गर्ने निर्णय गरिएको
२३. तारकेश्वर नगरपालिकाको स्वास्थ्य शाखा अन्तर्गत चालु आ.व. को कार्तिक मसान्तसम्म आँखा, नाक, कान, घांटी तथा मुख स्वास्थ्य सम्वन्धी अभिमुखीकरण कार्यक्रम, Inj. Oxytocin (ईन्जेक्सन वक्सीटोशिन) भण्डारणका लागि ILR Refrigerator खरिद, डेंगु लगायतका किटजन्य रोगहरूको नियन्त्रणका लागि लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान संचालन गर्ने तथा सरोकारवालाहरूसंग अभिमुखीकरण गर्ने र किटजन्य रोग नियन्त्रण कार्यक्रमको डाटा भेरिफिकेशन कार्यक्रमहरु सम्पन्न भएका छन् भने निशर्त अनुदानतर्फ पोषण कार्यक्रम भिटामिन ए (पहिलो चरण), डेंगु रोग नियन्त्रण, औषधी औजार उपकरण स्वास्थ्य सामग्री खरिद लगायत ELMIS कार्यक्रमहरु सम्पन्न भएको छ ।
२४. सम्पूर्ण तारकेश्वर नगरवासीहरुलाई आकस्मिक सेवा अन्तर्गत रगत तथा रगतजन्य तत्वहरु निःशुल्क उपलब्ध गराउन नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा काठमाडौं र तारकेश्वर नगरपालिकाबीच मिति २०७१।०९।०८ गते सम्झौता भएको,
तारकेश्वर नगरपालिकाको पशु सेवा शाखा अन्तर्गत चालु आ.व. को कार्तिक मसान्तसम्म हिउँदे तथा बर्षे घाँसको बिऊ खरिद तथा वितरण, २०० वटा सामुदायिक कुकुर बन्ध्याकरण, Cow mat वितरण कार्यक्रम कार्य सम्पन्न भएको छ भने अन्य शाखागत कार्यक्रमहरू कार्यान्वयनको चरणमा रहेका छन् ।
२५. तारकेश्वर नगरपालिकाको कृषि विकास शाखा अन्तर्गत स्वीकृत कार्यक्रमहरु मध्येबाट १२५० थान तरकारी मिनिकिट निःशुल्क वितरण, ६० प्रतिशत अनुदानमा ९९ थान टनेल प्लाष्टिक वितरण, ५८०० के.जी. गहुँको बिउ वितरण, १७ वटा खेत जोत्ने मिनिटिलर वितरण, १८४ किलो सीताके च्याउको बीउ वितरण, ८७५ किलो कन्ये च्याउको बीउ वितरण, ५५८ सेट जैविक किटनाशक विषादी निःशुल्क वितरण, रासायनिक मल वितरक डिलरहरुलाई कोटाको रासायनिक युरिया मल २४ मेट्रिक टन डि.ए.पी मल १६.०० मेट्रिक टन विभिन्न सहकारीहरुले कृषकहरुलाई वितरण गर्न कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडलाई कोटा अनुसारको मल दिन सिफारिस गरिएको एवं तरकारी खेती, च्याउ खेती र जैविक मल सम्बन्धी तीनवटा तालिमहरू सञ्चालन गरिएको,
२६. तारकेश्वर नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा अन्तर्गत चालु आ.व.को प्रथम त्रैमासिक अवधिमा विभिन्न ७ प्रकारका कुल ३५०६ लाभग्राहीहरुलाई रु. ३ करोड ४० लाख ७८ हजार १ सय १४ रुपैयाँ एवं त्रैमासिकका लागि रकम रू. ३ करोड ६६ लाख गरी हालसम्म करिब ७ करोडरकम वितरण गरिएको छ । तारकेश्वर नगरपालिकाको महिला बालबालिका तथा समाजकल्याण शाखा अन्तर्गत चालु आ.व. को कार्तिक मसान्तसम्म निशर्त कार्यक्रम तर्फ बाल उद्धार कोष स्थापना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बालदिवस कार्यक्रम, ७ वटा बालगृह अनुगमन तथा सहजीकरण तथा सशर्त कार्यक्रम तर्फ नवजीवन परोपकार संस्थामा आश्रित ज्येष्ठ नागरिकलाई भरणपोषणको लागि नगद अनुदान स्वीकृत भएको १२ लाख मध्ये ६ लाख हस्तान्तरण गरिएसकिएको, अन्तरपुस्ता ज्ञान हस्तान्तरण कार्यक्रम सम्पन्न, १४६ वटा अपाङ्गता परिचय पत्र वितरण, १७८४ ज्येष्ठ नागरिक परिचय पत्र वितरण र घुम्ती शिविर अन्तर्गत ९४ जना ज्येष्ठ नागरिकलाई ज्येष्ठ नागरिक परिचय पत्र वितरण गरिएको, तारकेश्वर नगरपालिकाको खरिद प्रणालीलाई व्यवस्थित गर्न संघीय सरकारले कार्यान्वयनमा ल्याएको Procurement Accounting Management System (PAMS) लाई प्रयोगमा ल्याईएको साथै गत आ.व. २०७८/०७९ को वार्षिक जिन्सी निरिक्षण सम्पन्न गरिएको
२७. तारकेश्वर नगरपालिकाको सहकारी शाखा अन्तर्गत चालु आ.व. को कार्तिक मसान्तसम्ममा ५ वटा सहकारी संस्थाको विनियम संशोधन, कोपोमिस प्रणालीलाई थप व्यवस्थित बनाउदै यससँग सम्वद्व गराउने उद्देश्य अनुरूप आवश्यक तालिम प्रदान गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको, बहुउद्वेश्यीय र उत्पादनमूलक सहकारी संस्थाहरुको दर्ता प्रक्रियाको थालनी गरिएको, निष्क्रिय रहेको ३० वटा सहकारी संस्थाहरुलाई सहकारी के-कस्तो अवस्थामा रहेको छ, सो का लागि पत्राचार मार्फत सम्पर्कमा आउन सूचित गरिएको, तारकेश्वर नगरपालिकाको सहकारी ऐन, २०७६ र नियमावली २०७८ बमोजिम आवश्यक नियमन, निर्देशन तथा प्रर्वद्धन गरिएको ।
२८. गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत यस आ.व. मा ८० जना नयाँ नउद्यमी सिर्जना गर्ने र ४० जना भईरहेका उद्यमीहरुको सतरोन्नती गर्ने कार्यक्रम रहेकोमा सामाजिक परिचालनबाट छनौट भएका १२० जना सम्भाव्य उद्यमीहरुलाई SIYB अन्तर्गत TOPE & TOSE तालिम सम्पन्न भईसकेको।













































