Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:२८:४० दिउँसो
- ADVERTISEMENT -

बागमती प्रदेश सरकारलाई पूर्णता दिने मुख्यमन्त्री जम्कट्टेलको तयारी

प्रकाशित मिति: २०७९ चैत १९, आइतबार

228
Shares

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागबण्डा टुंगिएपछि मुख्यमन्त्री जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो ।

मुख्यमन्त्री जम्कट्टेलले आइतबारसाँझसम्म मन्त्रिपरिषद् विस्तार गर्नेगरी तयारी गर्नुभएको छ । संघीय सरकारमा राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनमा गठबन्धन परिवर्तन भएपछि बागमति सरकारबाट नेकपा (एमाले) बाहिरइसकेको छ । हाल एमालेको भागमा रहेको चार मन्त्रालय रिक्त छन् । त्यसअघि नै तीन मन्त्रालय रिक्त थियो । यसरी बागमती प्रदेशमा ७ वटा मन्त्रालय रिक्त रहेका छन् ।

रिक्त रहेका ७ मन्त्रालयमध्ये ५ जना नेपाली कांग्रेसबाट तथा नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीबाट १/१ जना मन्त्री नियुक्त गर्ने तयारी छ । ११ मन्त्रालय रहेको प्रदेशमा मन्त्रालय नबढ्ने गरी मन्त्रालयको भागबण्डा मिलाउने सहमतिअनुसार कांग्रेसले ५ वटा मन्त्रालय पाउने भएको हो । यसअघि कांग्रेसले ६ मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएकोमा मन्त्रालयको संख्या नबढाउने समझदारीपछि ५ वटा मन्त्रालयमा सहमति जुटेको हो । प्रदेश सरकारमा कांग्रेसको तर्फबाट संसदीय दलका नेता बहादुर लामाले नेतृत्व गर्ने बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -