Opens in a new tab
२०८३ मंसिर २, मंगलबार
१०:३२:३४ बिहान
- ADVERTISEMENT -

कांग्रेसबाट परराष्ट्र मन्त्री बनाउन अन्योल

प्रकाशित मिति: २०७९ चैत १६, बिहीबार

227
Shares

नेपाली कांग्रेसले सत्ता गठबन्धनबाट ८ मन्त्रालय पाउँदैछ । इतर समूहले ३ मन्त्रालयको दाबी गरेको छ । बिहीबारको कार्यसम्पादन समिति बैठकलगत्तै शेखर कोइरालाको कार्यकक्षमा इतर समूहको बैठक बस्यो । बैठकले तीन मन्त्रालयको अडान कायम राख्ने र सभापति शेरबहादुर देउवासँग वार्ता गर्ने निर्णय गर्‍यो ।

इतर समूहबाट उपसभापति धनराज गुरुङ र सांसद डिकबहादुर लिम्बु मन्त्री बन्ने सूचीमा छन् । कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले सांसद प्रदीप पौडेललाई मन्त्री बनाउन चाहेका छन् ।

‘दुई वटा मन्त्रालय पाउने तय भैसकेको छ । तेस्रो मन्त्रालय पाउन सभापतिसँग छलफल गर्छौं,’ बैठकपछि एक पदाधिकारीले शिलापत्रसँग भने । सभापति देउवासँग शेखर कोइराला र महामन्त्री थापासँग पालैपालो वान टू वान छलफल गर्ने तयारी थियो । तर इतर समूहको बैठक लामो समय चलेपछि देउवा धुम्बाराही हानिए । देउवासँग कोइराला र थापाले वान टू वान भेट गर्नेछन् ।

कांग्रेसबाट एनपी साउद, सीता गुरुङ, डिगबहादुर लिम्बू, रमेश रिजाल, बद्री पाण्डे, प्रकाशशरण महत, पूर्णबहादुर खड्का, धनराज गुरुङ, विनोद चौधरी, किसोरसिंह राठौरको नाम अन्तिम सूचीको लागि तयार छ ।

कोशी प्रदेशबाट गुरुङ र लिम्बु, लुम्बिनी प्रदेशबाट राठौर र चौधरी तथा सुदूरपश्चिमबाट पाण्डे र साउदमध्ये को हुने् भन्ने निर्णय हुन बाँकी छ । तीमध्ये लम्बिनीबाट चौधरी र सुदूरपश्चिमबाट पाण्डे आउट हुने सम्भावना छ ।

तीमध्ये कांग्रसको भागमा परेको परराष्ट्र मन्त्रालय कसले सम्हाल्ने भन्ने तय भैसकेको छैन । ‘परराष्ट्र सम्हाल्ने व्यक्ति नै छैनन् । यी नामबाहेक अरु नाम पनि परराष्ट्रको लागि आउन सक्छ,’ ती पदाधिकारीले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.98
150.58
EUR
European Euro
1
165.11
165.77
GBP
UK Pound Sterling
1
197.78
198.57
CHF
Swiss Franc
1
178.47
179.19
AUD
Australian Dollar
1
101.27
101.68
CAD
Canadian Dollar
1
104.99
105.41
SGD
Singapore Dollar
1
116.34
116.81
JPY
Japanese Yen
10
9.40
9.44
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
39.96
40.12
QAR
Qatari Riyal
1
41.15
41.31
THB
Thai Baht
1
4.42
4.44
AED
UAE Dirham
1
40.84
41.00
MYR
Malaysian Ringgit
1
36.63
36.77
KRW
South Korean Won
100
11.24
11.28
SEK
Swedish Kroner
1
14.88
14.94
DKK
Danish Kroner
1
22.09
22.17
HKD
Hong Kong Dollar
1
19.12
19.19
KWD
Kuwaity Dinar
1
485.69
487.63
BHD
Bahrain Dinar
1
397.61
399.20
OMR
Omani Rial
1
389.54
391.10
- ADVERTISEMENT -