Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०६:२४ दिउँसो
- ADVERTISEMENT -

नयाँ वर्षको पहिलो दिन काठमाडौंको टुँडिखेलमा ‘ओशो महोत्सव’

प्रकाशित मिति: २०७९ चैत १५, बुधबार

187
Shares

काठमाडौं– नेपाली नयाँ वर्षलाई फरक ढंगबाट स्वागत गर्दै गत वर्ष वैशाख १ गते १५ हजार भन्दा बढीको उपस्थितमा काठमाडौंको टुँडिखेलमा एकसाथ ध्यान र उत्सव गरी ओशो तपोवनको सहकार्यमा ओम नेपाल मिडियाले सेलिब्रेशन शीर्षकको कार्यक्रम आयोजना गरेको थियो ।

गत वर्षको उक्त कार्यक्रमबाट प्राप्त उत्साह तथा सकारात्मक सन्देशसंगै यो वर्षको नयाँ वर्षको पहिलो दिन अर्थात वैशाख १ गते शुक्रवार सोही कार्यक्रमको दोस्रो संस्करण ‘ओशो महोत्सव’ काठमाडौंको टुँडिखेलमा आयोजना गर्न लागिएको छ ।

बुधवार ओशा तपोवनमा आयोजित पत्रकार सम्मेलनमा ओशो महोत्सव ओशो तपोवनको प्रस्तुतिमा आयोजना हुन लागेको जानकारी गराइएको छ । यसको आयोजना ओम नेपाल मिडियाले गर्नेछ ।

वैशाख १ गते बिहान ९ बजेदेखि राति ९ बजेसम्म १२ घण्टासम्म सञ्चालन हुने महोत्सवमा सबै वर्ग, उमेर, समुदाय, जातजाति, धर्म र संस्कृतिका व्यक्तिहरुलाई सुहाउने विविध प्रकारका कार्यक्रमहरु रहने बताइएको छ ।

‘यस पटक ओशो महोत्सव संगीतको महोत्सव हुनेछ, पत्रकार सम्मेलनमा जारी विज्ञप्तीमा भनिएको छ– ‘ओशो महोत्सव ध्यान र साधनाको महोत्सव हुनेछ । ओशो महोत्सव अध्ययनको महोत्सव हुनेछ । ओशो महोत्सव स्वाद र हाँस्यको महोत्सव हुनेछ । किनकी एक दिने ओशो महोत्सव ध्यान, मेडिटेशन, योगा, गायन, नृत्य, लाईभ म्युजिक, लाफिङ्ग मेडिटेशन, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल, गजल वाचन र प्रहशनलगायतको संगालो समारोह हुनेछ ।’

ओशो महोत्सवको मुख्य कार्यक्रम साँझ ५ बजेदेखि प्रारम्भ हुनेछ । साँझ ५० हजार व्यक्तिले एकसाथ ध्यान र उत्सव गर्नेछन् । देशका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा हुने यो सत्रमा बोधिसत्य स्वामी आनन्द अरुणबाट विशेष संत्सग र आशिर्वाद प्रदान हुनेछ । यही कार्यक्रममा अन्तरराष्ट्रियस्तरका नृत्य, संगीत र हाँस्य पनि प्रस्तुत हुनेछ ।

सांगीतिक समूह कुटुम्बले यही समयमा आफ्नो विशेष प्रस्तुति दिनेछ । यसपटक कुटुम्बले अहिलेसम्म नगरेको नयाँ प्रयोगहरु समेत गर्नेछ, जुन एेतिहासिक हुने दावी गरिएको छ ।

ओशो महोत्सवमा हुने फुड फेस्टिवलको संयोजन अन्तर्राष्ट्रिय ख्याति प्राप्त सेफ सन्तोष शाहले गर्नेछन् । उनका केही नयाँ परिकारहरुको स्वाद महोत्सवमा लिन सकिनेछ ।

शारीरिक तथा मानसिक तनाव, हताशा र विशादको कारणले दिननुदिन बिग्रँदै गएको हाम्रो स्वास्थ्यप्रति जागरुक रहन र नेपाली समाजलाई योग र साधनाका निरापद माध्यमबाट जोडी एक समृद्ध मनुष्य निर्माणमा यो महोत्सवले अहम् भूमिका खेल्न सक्ने बताइएको छ ।

आफ्नो व्यस्त जीवनशैलीमा ध्यान, योग र संत्सगलाई अपनाउँदै कसरी खुशी जीवन जिउन सकिन्छ भन्ने कला महोत्सवमा सिक्न पाईने छ ।

महोत्सवमा उच्च सरकारी पदाधिकारी, जनप्रतिनिधि, राजनीतिक दलका नेताहरु, विशिष्ट व्यक्तित्वहरु, दर्जनौ कलाकार, संचारकर्मी, स्वदेशी तथा विदेशी ओशो प्रेमी र दर्शकहरु सहभागी हुने आयोजकको भनाइ छ ।

ओशो महोत्सवको महोत्सव पार्टनरको रुपमा ग्लोबल टुरीजम प्रमोशन काउन्सिल रहेको छ । महोत्सवको मिडिया संयोजनको रुपमा चलचित्र पत्रकार संघ नेपालले ओशो तपोवनका प्रवक्ता निराजन भण्डारीले बताएका छन् । कलाकर्मिबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -