भारतका पूर्वसांसद तथा गुण्डा नाइके अतिक अहमदलाई अपहरण मुद्दामा आजीवन जेल सजाय सुनाइएको छ ।
उत्तर प्रदेशको प्रयागराजस्थित एमपी-एमएलए अदालतले मंगलबार अपहरण मुद्दाको मात्र फैसला गर्दा अहमदलाई अपहरण मुद्दामा दोषी पाइएको हो । उमेश पाल सन् २००६ मा अपहरणमा परेका थिए । उनको यसै वर्षको फेब्रुअरी २४ हत्या पनि भएको थियो ।
बहुजन समाज पार्टीका विधायक राजु पालको सन् २००५ मा हत्या भएको थियो । सो हत्याको प्रमुख प्रत्यक्षदर्शी उमेश पाल थिए । उमेशले गुण्डा नाइके हुँदै सांसद बनेका अतिक अहमदलाई हत्यारा भनेका थिए ।

उमेशको १७ वर्षअगाडि अपहरण भएको थियो । हालै उनको हत्या पनि भएको छ । उमेशको हत्या पनि अतिक अहमदकै समूहले गरेको आरोप छ । हत्याको विषयमा अनुसन्धान जारी छ । शिलापत्रबाट








































