Opens in a new tab
२०८३ मंसिर २, मंगलबार
१२:१३:३२ दिउँसो
- ADVERTISEMENT -

सत्ता गठबन्धनमा अझै टुंगिएन भागबन्डा

प्रकाशित मिति: २०७९ चैत १२, आइतबार

373
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएलगत्तै मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएपनि सत्ता गठबन्धनमा अझै भागबन्डाको टुंगो लागेको छैन । गठबन्धनमा दलहरूको संख्या धेरै भएकाले भागबन्डामा समस्या भएको देखिएको छ ।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्तारूढ दलहरूका बीचमा मन्त्रालयको भागबन्डा नटुंगिएको बताए । आइतबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसदसमेत रहेका खड्काले मन्त्रालय भागबन्डाको विषय नटुंगिएको बताए ।

उनका अनुसार गठबन्धन दलका नेताहरूका बीचमा छलफल भइरहेको भएपनि कुन पार्टीले कुन मन्त्रालय भन्नेमा टुंगो लागेको छैन । कांग्रेसले पनि कसको नेतृत्वमा सरकारमा जाने र को–को मन्त्री भएर जाने भन्नेमा निर्णय गरिनसकेको दाबी उनको छ । 

“नेपाली कांग्रेसले औपचारिक रूपमा कुनै निर्णय गरेको छैन । कांग्रेस मात्रै होइन कुनैपनि दलले कुन मन्त्रालय लिएर सहभागी हुने भन्ने बारेमा अन्तिम निर्णय भइसकेको छैन । अहिले सबै कुरा छलफलको क्रममा छ,” उनले भने । 

उनले आगामी तीन दिनभित्र सरकारले पूर्णता पाउने दाबी गरे । “मलाई लाग्छ सम्भवतः २–३ दिन भित्रमा यसले पूर्णता पाउँछ,” उनले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.98
150.58
EUR
European Euro
1
165.11
165.77
GBP
UK Pound Sterling
1
197.78
198.57
CHF
Swiss Franc
1
178.47
179.19
AUD
Australian Dollar
1
101.27
101.68
CAD
Canadian Dollar
1
104.99
105.41
SGD
Singapore Dollar
1
116.34
116.81
JPY
Japanese Yen
10
9.40
9.44
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
39.96
40.12
QAR
Qatari Riyal
1
41.15
41.31
THB
Thai Baht
1
4.42
4.44
AED
UAE Dirham
1
40.84
41.00
MYR
Malaysian Ringgit
1
36.63
36.77
KRW
South Korean Won
100
11.24
11.28
SEK
Swedish Kroner
1
14.88
14.94
DKK
Danish Kroner
1
22.09
22.17
HKD
Hong Kong Dollar
1
19.12
19.19
KWD
Kuwaity Dinar
1
485.69
487.63
BHD
Bahrain Dinar
1
397.61
399.20
OMR
Omani Rial
1
389.54
391.10
- ADVERTISEMENT -