काठमाडौं।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तथा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपाली राष्ट्रिय खेलाडीहरूले मन्त्री र सांसदका स्वकीयहरूले भन्दा कम तलबमा खेलिरहेको बताएका छन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले सांसद र मन्त्रीका स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीको बढाउन प्रस्ताव गरेका हुन्।
उनले भने,’नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सुजल श्रेष्ठ अस्ट्रेलिया जान बाध्य भए। भक्तुरका विद्यार्थीहरु खाँडीमा जाउँला, उतै भेटौँला भन्दैछन्। देशको बजेट १७ खर्ब हुँदा खेल क्षेत्रमा २ अर्ब ४६ करोड मात्रै छ। मन्त्रीका स्वकीय सचिवभन्दा कम तलबमा खेलाडी खेल्दैछन, ‘बरु हाम्रो तलब कटौती गरियोस्, खेलाडीको बढाइयोस्।’








































