टेक्सस, १२ चैत । टेक्सस ड्यालस शनिवार कृष्ण लामिछानेको अष्टेष्ठि गरिएको छ । धार्मिक विधि अनुसार उनको अन्तेष्ठि गरिएकोहो । उनका दुई छोरीले दागबत्ती दिएका थिए । गत मंगलबार घरमै मृत भेटिएका कृष्ण लामिछानेको अन्तिम संस्कारमा समुदायको ठूलोउपस्थिति थियो ।
कृष्ण लामिछाने नेपाली समुदायबीच सक्रिय व्यक्ति थिए । शनिवार ठूलो सख्यामा उपस्थित नेपाली समुदायले उनले समुदायलाईगरेको सेवाको प्रशंसा गर्दै उनलाई अन्तिम श्रद्धान्जली दिए ।
अन्तिम संस्कारका वेला लामिछानेको छोरीको बाबु प्रतिको भनाईले सबैका आँखा रसाएका थिए । जेठी छोरी कृतिमाले आफुले बाबुकोवाटो पछ्याउने बताइन् । गौतम बुद्धको बाटोमा आफु हिँड्ने बताउँदै उनले समाजसँग आफुहरुलाई एक्लै नछाड्न पनि आग्रह गरिन् ।
स्वर्गीय लामिछानेका बुवाले आफु अमेरिका आउन सक्ने अवस्था नरहेकाले अन्त्यष्टी नरोक्न भनेपछि शनिबार अन्तिम संस्कार गरिएकोहो ।







































