Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१५:५७ दिउँसो
- ADVERTISEMENT -

सुदूरपश्चिममा लगानी गर्न निजी क्षेत्रलाई मुख्यमन्त्रीको आग्रह

प्रकाशित मिति: २०७९ चैत ११, शनिबार

161
Shares

धनगढी, चैत ११ गते। मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ। उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमको छैटौं प्रदेश सभाको शनिबार धनगढीमा उद्घाटन गर्नु हुँदै उहाँले लगानीका लागि निजी क्षेत्रलाई आग्रह गर्नु भएको हो। ‘‘तपाईहरु आउनुहोस्। सुदूरपश्चिम प्रदेशमा लगानी गर्नुहोस’’, उहाँले अगाडि थप्नुभयो, ‘प्रदेश सरकारले कहाँनेर के सहयोग गर्नुपर्छ, त्यसको लागि हामी तयार छौं।’’ 

उहाँले सुदूरपश्चिमको आर्थिक स्तर उकास्ने र प्रदेशलाई समृद्धितिर लैजाने कार्यमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। प्रदेशमा रहेको सम्भावनाको पहिचान निजी क्षेत्रले गरेकाले हातेमालो गरेर अगाडि बढ्न मुख्यमन्त्री शाहको आग्रह थियो। ‘‘निजी क्षेत्रलाई प्रदेश सरकारले के सहयोग गर्नुपर्छ, त्यो हामी गर्छौ’’, उहाँले भन्नुभयो। 

विश्वभर नै आर्थिक मन्दी भइरहेको बेला प्रदेशमा रहेको साधन, स्रोत सदुपयोग गर्न सुदूरपश्चिम प्रदेश सरकार तत्पर रहेको मुख्यमन्त्रीको भनाइ थियो। उहाँले कमजोर मनस्थितिले मुलुक अगाडि बढ्न नसक्ने भन्दै थप्नुभयो,‘‘दृढ इच्छाशक्ति चाहिन्छ। हामीले केही न केही परिवर्तन ल्याउनुपर्छ।’’ 

अहिलेसम्म भएको कमी कमजोरीबाट पाठ सिक्दै अगाडि बढ्न आवश्यक रहेको मुख्यमन्त्री शाहले औंल्याउनुभयो। उहाँले भन्नुभयो,‘‘सबै कुरा राजनीतिलेमात्रै बिगारेको होइन। भएका कमजोरीबाटै पाठ सिक्दै अगाडि बढौं।’’ 

एउटा नीति बनाएर अगाडि बढेमा असम्भव भन्ने केही नरहेको मुख्यमन्त्री शाहले बताउनुभयो। सुदूरपश्चिमलाई केही न केही दिनुपर्छ भन्ने मानसिकताका साथ आफू अगाडि बढिरहेको उल्लेख गर्नुहुँदै उहाँले निजी क्षेत्रले साथ त्यो सम्भव हुने उल्लेख गर्नुभयो।  प्रदेश सभा उद्घाटन कार्यक्रममा उद्योगी, व्यवसायीहरुको उपस्थिति रहेको थियो। 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -