- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

मुडुखु–तीनपिप्ले–ओखरपौवा खण्डमा फोहोर बोक्ने गाडीलाई गुड्न मापदण्ड लागू

March 25, 2023
155
Shares
- ADVERTISEMENT -

काठमाडौं । राजधानी काठमाडौंको फोहोर बोकेर ओखरपौवा चल्ने गाडीहरुका लागि ‘टाइमकार्ड’ लागू गरिएको छ । स्थानीयको माग र दबाबपछि काठमाडौं‌ उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगरपालिकाले तोकिएको गतिमा मात्रै गाडी चलाउने व्यवस्था लागू गरिएको हो । 

अब मुडुखु नाकाबाट तीनपिप्ले हुँदै ओखरपौवा चल्ने फोहोरका गाडीहरु २० देखि ३० किलोमिटर प्रतिघण्टाको गतिमा चल्नुपर्नेछ । मुड्खुदेखि तीनपिप्लेसम्मको सडकखण्डमा प्रतिघण्टा ३० किलोमिटरको गतिले र तीनपिप्लेदेखि ओखरपौवा चेकपोष्टसम्मको सडकखण्डमा प्रतिघण्टा २० किलोमिटरको गतिले गाडी चलाउनुपर्नेछ ।

- ADVERTISEMENT -

Advertisement

फोहोरका गाडीहरु अराजक ढंगले दौडाउने गर्दा स्थानीयले आफूहरु असुरक्षित महशुस गर्नुका साथै सवारी दुर्घटनाको जोखिम समेत बढेको थियो । सो खण्डमा फोहोरका गाडी चलाउने ग्राहकलाई टाइम कार्ड दिइने र तोकिएको गति र समयभित्र गाडी नचलाएर कारवाही गरिने ककनी– १ कागतीगाउँस्थित प्रहरी चौकीका प्रहरीले जानकारी दिए । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com