- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

तिलोत्तमा गोल्डकपको उपाधि भिडन्त

March 25, 2023
122
Shares
- ADVERTISEMENT -

रुपन्देही । जिल्ला फुटवल संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिकाको संरक्षकमा आयोजना गरिएको २२ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि सुदूरपश्चिम-११ र मनाङ मर्स्याङ्दी क्लबबीच भिडन्त हुँदैछ ।

- ADVERTISEMENT -

Advertisement

बुटवल उपमहानगरपालिका-११ स्थित देवीनगरमा रहेको एन्फा टेक्निकल सेन्टरमा दिउँसो ३ बजेदेखि फाइनल खेल शुरु हुने भएको आयोजकले जनाएको छ।

यसअघिको सेमिफाइनल प्रतिष्पर्धात्मक खेलमा मनाङले फ्रेन्ड्स क्लबलाई टाइब्रकेरमा पराजित गर्दै अन्तिम दुईमा स्थान पक्का गरेको थियो। उता सुदूरपश्चिमले भने सेमिफाइनलमा थ्री स्टारलाई १-० अन्तरले पराजित गरेको थियो।

- ADVERTISEMENT -

Advertisement

हालसम्म सहभागी जनाए पनि दुवै टिमले तिलोत्तमा गोल्डकपको उपाधि जित्न सकेका छैनन्। अहिले उपाधिका लागि दुवै होडमा छन् ।
सो प्रतियोगितामा उपाधि विजेता टिमले ११ लाख र उपविजेताले ५ लाख नगद पुरस्कार प्राप्त गर्ने भएका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com