चितवनमा २३७ फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनामा फरार रहेका ती प्रतिवादीलाई पक्राउ गरेको हो ।
प्रहरीले अदालतको विभिन्न मितिहरुको फैसलाले कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादीहरु नियन्त्रणमा लिएर उनीहरुको सजाय भुक्तान गराउँदैछ । यो आर्थिक वर्षमा फरार प्रतिवादीहरुबाट कुल ४३ वर्ष ४ महिना २६ दिन कैद र ९२ लाख ८६ हजार २३९ रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डिएसपी विजयराज पण्डितले जानकारी दिए ।
चितवन प्रहरीले फागुनमा मात्रै ३७ जनालाई नियन्त्रणमा लिएको थियो । ३७ प्रतिवादीबाटमात्रै १७ वर्ष ६ महिना २ दिन कैद र १९ लाख ३१ हजार ८४५ रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको पण्डितले बताए ।








































