Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०८:५१ दिउँसो
- ADVERTISEMENT -

राजदूत खत्री र अमेरिकी सांसद चुबीच शिष्टाचार भेटवार्ता, के भयो कुराकानी ?

प्रकाशित मिति: २०७९ चैत १०, शुक्रबार

237
Shares

अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री र अमेरिकी कंग्रेसकी सांसद जुडी चुबीच शिष्टाचार भेटवार्ता भएको छ । उनीहरूबीच बिहीबार चुको कार्यालय क्यापिटल हिलमा भेटवार्ता भएको वासिङ्टन डीसीस्थित नेपाली दूतावासले जनाएको छ ।

भेटका क्रममा द्विपक्षीय हितका विषयमा छलफल भएको थियो । साथै, जनरलाइज्ड सिस्टम अफ प्रिफरेन्सेस (जीएसपी) को पुन:प्रमाणीकरण र ट्रेड फेसिलिटेसन एन्ड इन्फोर्समेन्ट एक्ट (टीएफटीईए)–२०१५ को विषयमा छलफल भएको थियो । राजदूत खत्रीले सांसद चुलाई अमेरिकी कंग्रेसको नेपाल ककस (अमेरिकी सासदहरूको नेपाल समूह) मा सहभागी हुन आग्रह पनि गरेका थिए ।

चु क्यालिफोर्निया राज्यबाट निर्वाचन जितेर आएकी डेमोक्य्राट हुन् । उनी यसरी निर्वाचन जितेर अमेरिकी कंग्रेसमा पुग्ने पहिलो चिनियाँ मूलकी अमेरिकी हुन् । उनी सन् २००९ देखि सांसद छिन् ।

यस्तै, शुक्रबार राजदूत खत्रीले यूएसएआईडी एसिया क्षेत्रकी उपसहायक एडमिनिस्टेटर अञ्जली कौरसँग भेटवार्ता गरे । दूतावासका अनुसार उक्त अवसरमा नेपाल र अमेरिका बीचको विकास सहयोगमा साझा चासोको विषय कुराकानी भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -