Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१८:०७ दिउँसो
- ADVERTISEMENT -

सांसद गुरुङद्वारा “कालीगण्डकी योग तथा प्राकृतिक अस्पताल” शिलान्यास

प्रकाशित मिति: २०७९ चैत १०, शुक्रबार

198
Shares

स्याङ्जा।
नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङ्गले स्याङ्जा गल्याङ नगरपालिका वडा नं १ मालुङ्गा मा “कालीगण्डकी योग तथा प्राकृतिक अस्पताल” भवन बिहिबार शिलान्यास गरेका छन् ।

गल्याङ नगरपालिका वडा नं १मालुङ्गा उत्तरबाहिनीमा स्थापना हुने योग तथा प्राकृतिक अस्पतालको भवन गल्यांङ नगरपालिकाको वार्षिक बजेट अन्तर्गत विशेष अनुदान र सङ्घीय सरकारको २ करोड ११ लाखको लागतमा निर्माण सम्पन्न हुने अस्पताल निर्माण समितिका अध्यक्ष शालिकराम बस्यालले जानकारी दिए। उक्त अस्पतालले प्राकृतिक चिकित्सा सेवा प्रदान गर्ने र त्यसमा योग, ध्यान, व्यायाम लगायत सेवा सञ्चालन गरिने छ । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा गण्डकी प्रदेश सभा सदस्य महेश भट्टराई र गल्याङ नगरपालिका प्रमुख गुरु प्रसाद भट्टराइको उपस्थिति रहेको थियो। त्यसैगरी वडा अध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधिहरु, संघ संस्थाका प्रतिनिधिहरु,धार्मिक व्यक्तित्वहरु, पत्रकाहरु र स्थानीयहरुको बाक्लो सहभागिता रहेको थियो।

सो अवसरमा सांसद गुरुङले चिकित्सा केन्द्रका लागि सरकारका तर्फबाट आवश्यक सहयोगको लागि पहल गराउने बताए । मानिसका खानपान तथा आहारबिहार अस्तव्यस्त हुँदै गएको भन्दै गुरुङले पूर्वीय संस्कृतिको महत्त्व अत्याधिक रहेको बताए । कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष तथा धार्मिक अभियन्ता चैतन्य कृष्णले सबैको सहयोग र सहकार्यमा अस्पताल निर्माण सम्पन्न गरिने बताएका छन्। गण्डकी प्रदेश सभा सदस्य भट्टराईले अस्पतालको निर्माण र सञ्चालनका लागि आफूले प्रदेश सरकार बाट सक्ने सहजीकरण  गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। गल्याङ नगरप्रमुख गुरु प्रसाद भट्टराइले योग तथा प्राकृतिक चिकित्सा अस्पतालले उत्तरबाहिनीको गरिमा बढेको र मानिसलाई स्वस्थ र तन्दुरुस्त हुनेमा  टेवा पुग्ने बताएका हुन्। कार्यक्रमको सभापतित्व भने कालीगण्डकी प्राकृतिक अस्पतालका अध्यक्ष शालिकराम बस्यालले गरेका थिए।

प्राकृतिक चिकित्सा, यो एउटा यस्तो अनौठो प्रणाली हो जसमा जीवनको शारीरिक, मानसिक, नैतिक र आध्यात्मिक विषयलाई रचनात्मक सिद्धान्तहरूसँग व्यक्तिका सद्भावको निर्माण हुन्छ। यसमा स्वास्थ्यलाई प्रोत्साहन, रोग निवारण र उपचारका साथ-साथै फेरि मजबूती प्रदान प्रदान गर्ने अपार सम्भावना हुन्छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -