Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४०:४० बिहान
- ADVERTISEMENT -

नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै सबैको हातमा पाठ्यपुस्तक पुग्छ: जनक शिक्षा

प्रकाशित मिति: २०७९ चैत ९, बिहीबार

261
Shares

काठमाडौं । आगामी १ वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्रको लागि चैत १५ गतेभित्र पुस्तक प्रकाशन गरेर सकिने जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । केन्द्रले ६ देखि १० कक्षासम्मका एक करोड ५० लाख थान पुस्तक छपाइ गर्ने जिम्मेवारी पाएको छ ।

अब करिब दश प्रतिशत मात्र पुस्तक छाप्न बाँकी रहेकाले एक हप्ताभित्र छपाइ सकिने जनक शिक्षाका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए । बाहिरी जिल्लालाई प्राथमिकता दिएर पाठ्यपुस्तक छापिएको र छापिसकेका पुस्तकहरु शाखा कार्यालयमा पठाउने क्रम पनि जारी रहेको उनले बताए । निर्देशक झाले भने, ‘हामीले प्राथमिकताका आधारमा शाखामा पुस्तक पठाइरहेका छौं । उपत्यका नजिकैका केही जिल्ला र उपत्यकालाई १५ दिन भित्र छपाइ सकेर उपलब्ध गराउँछौं । चैत १५ देखि हामी बिक्री शुरु गर्छौं ।’

सरकारको योजना अनुसार नयाँ शैक्षिक सत्रको सुरुवातमा विद्यार्थीको हात–हातमा पुस्तक पुग्ने उनले जिकिर गरे । केन्द्रका ९ वटा शाखा कार्यालयहरुमा पुस्तक पु¥याइसकेको झाले जानकारी दिए ।

सरकारले यस वर्ष विद्यालय तहका विद्यार्थीलाई समयमै पाठ्यपुस्तक पु¥याउन सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्रलाई ६ देखि १० कक्षासम्मको र निजी प्रकाशकलाई १ देखि ५ कक्षासम्मको पुस्तक छाप्न दिएको छ । निजीले कक्षा १ देखि ५ सम्मका एक करोड २० लाख थान पुस्तक छाप्नुपर्ने छ ।

पुस्तक छपाइ जारी रहेकाले समयमा नै पुग्ने पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी डा.बाबुराम ढुंगानाले बताए । उनले भने, ‘पछिल्लो अपडेट लिएको छैन तर प्रकाशन गृहहरुले सक्छन् । समयमा पुस्तक पुर्याउन सकिन्छ ।’ स्थानीय वितरकले लापरबाही नगरे विद्यार्थीको हात–हातमा समयमै पुस्तक पुग्ने दाबी उनले गरे ।

आगामी शैक्षिक सत्र २०८० देखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागू हुनेछ । जस अनुसार पुस्तक प्रकाशन पनि अन्तिम चरणमा पुगेको केन्द्रले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -