Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३९:५२ बिहान
- ADVERTISEMENT -

सरकारमा जाने तयारीमा कांग्रेस, कुन प्रदेशबाट मन्त्रीमा क–कसको दाबी ?

प्रकाशित मिति: २०७९ चैत ९, बिहीबार

298
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेस सोमबारसम्म सरकारमा सहभागी हुने भएको छ । ६ गते प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि सत्ता गठबन्धन दलहरू मन्त्रिपरिषद् विस्तारमा केन्द्रित भएका हुन् ।

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमाले र राप्रपा मन्त्रिपरिषदबाट बाहिरिएपछि अहिले माओवादी केन्द्रबाट ५ जना र जनमत पार्टीबाट एक जना मन्त्री रहेका छन् ।

११ दलको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्ड सत्ता साझेदार दलहरूलाई समेटेर मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा छन् । मन्त्रालय भागबण्डामा कांग्रेसले ८ वटा मन्त्रालय पाउने सहमति भएको नेता रामहरी खतिवडाले जानकारी दिए ।

‘हामीले ८ वटा मन्त्रालय पाउने सहमति भएको छ । कांग्रेसबाट मन्त्रीहरूको नेतृत्व गर्दै उपसभापति पूर्णबहादुर खड्का जानुहुन्छ । बाँकी मन्त्रीहरू योग्यता र योगदानका आधारमा समावेशी र प्रदेशीक सन्तुलन मिलाएर मन्त्री छनोट गर्ने गरी मापदण्ड तय भएको छ’, उनले भने ।

कांग्रेसले कुन कुन मन्त्रालय पाउने भन्नेमा गठबन्धन दलहरूबीच अहिले कुनै सहमति नभएको प्रवक्ता डा. रामशरण महतले बताए । मन्त्रालय बाँडफाँटबारे सत्ता साझेदार दलहरूबीच थप छलफल भएपछि मन्त्रीको विषयमा टुंगो लगाउने महतले बताए ।

आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मन्त्री चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशीता र प्रादेशिक सन्तुलन मिलाउने निर्णय गरेको थियो ।

खतिवडाका अनुसार शेखर पक्षले २ जना मन्त्री पाउने छन् । जसमा कोशी प्रदेशबाट मोरङका डीगबहादुर लिम्बु, बागमतीबाट नुवाकोटका अर्जुननरसिंह केसी र गण्डकीबाट उपसभापतिसमेत रहेका स्याङजाका धनराज गुरुङमध्ये दुई जना मन्त्री बन्ने सम्भावना रहेको छ ।

कोशीबाट नै सीता गुरुङ, रामहरी खतिवडाले मन्त्रीमा दाबी गरेका छन् । मधेशबाट पर्साका रमेश रिजाल, लुम्बिनीबाट बाँकेका किशोरसिंह राठोर, बागमतीबाट नुवाकोटकै डा. प्रकाशशरण महत, सुदूरपश्चिमबाट एनपी साउद मन्त्री बन्ने लाइनमा छन् ।

कांग्रेसले मन्त्री छनोटमा योगदान, योग्यतालाई आधार मानी समावेशीता र प्रदेशीक सन्तुलनलाई प्रमुख आधार बनाएपछि सात प्रदेशबाट मन्त्री बन्नेको लामै लिस्ट रहेका छन् ।

कुन प्रदेशबाट मन्त्रीमा क–कसको दाबी ?

शेखर मन्त्री नबन्ने नभएपछि कोशी प्रदेशबाट मन्त्री बन्न महामन्त्री विश्वप्रकाश शर्मा, निवर्तमान परराष्ट्रमन्त्री डा. नारायणक खड्का, निवर्तमान सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, दीपक खड्का, रामहरी खतिवडा, डीगबहादुर लिम्बु र सीता गुरुङ दाबेदार छन् ।

त्यस्तै मधेश प्रदेशबाट पूर्वमन्त्रीसमेत रहेका विमलेन्द्र निधि, अजयकुमार चौरसिया, रमेश रिजाल, रामकृष्ण यादव र मञ्जु खाँण दाबेदार रहेका छन् ।

यसैगरी प्रवक्तासमेत रहेका डा. प्रकाशशरण महत, अर्जुननरसिंह केसी, प्रकाशमान सिंह, गगन थापा, राजेन्द्रकुमार केसी, मोहनबहादुर बस्नेत, प्रदिप पौडेल, उदयशमशेर राणा दाबेदार छन् । तीमध्ये महत र केसी मन्त्री बन्ने सम्भावना बलियो छ ।

गण्डकी प्रदेशबाबट उपसभापति धनराज गुरुङ, डा. शशांक कोइराला, शंकर भण्डारी, जीवन परियार दाबेदार छन् । लुम्बिनी प्रदेशबाट किशोरसिंह राठोर, विनोद चौधरी, सञ्जय गौतम र दीपक गिरी दाबेदरा रहेपनि राठोरको सम्भावना बलियो रहेको छ ।

यसैगरी कर्णाली प्रदेशबाट पूर्णबहादुर खड्का लगभग मन्त्री बन्ने पक्का भएको खतिवडाले बताए । कांग्रेसले गृहमन्त्रालय पाएको खण्डमा उनले गृहमन्त्रालयमा जान जाएका थिए ।

सुदूरपश्चिमबाट बद्री पाण्डे, एनपी साउद, रमेश लेखक, वीरबहादुर बलायर, ईश्वरी न्यौपाने र दीलेन्द्रप्रसाद बडू दाबेदार रहेपनि साउदको सम्भावना बलियो रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -