Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
११:४३:१० राति
- ADVERTISEMENT -

महतको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुँदै,मन्त्रीहरुको नाम आजै फाइनल हुने

प्रकाशित मिति: २०७९ चैत ९, बिहीबार

972
Shares
फाईल तस्विर

काठमाडौं, ९ चैत्र । प्रवक्ता डा. प्रकाशशरण महतको नेतृत्वमा नेपाली कांग्रेस सरकारमा सहभागी हुने भएको छ । यसअघि उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुने चर्चा थियो । तर, खड्काले नमानेपछि सभापति शेरबहादुर देउवाले महतको नेतृत्वमा सरकारमा सहभागी गराउने तयारी गरेका छन् ।

सभापति देउवाले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम आजै फाइनल गर्ने भएका छन् । त्यसको लागि उनले आज पार्टीका शीर्ष नेताहरुसँग परामर्श गर्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि देउवासँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गरिसकेका छन् । मन्त्रालय बाँडफाँटमा लगभग सहमतिनजिक रहेका दाहाल र देउवाले सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुसँग आज पूनः छलफल गर्ने भएका छन् ।

हिजो गठबन्धनको बैठकमा पनि यसबारेमा छलफल भएको थियो । तर, नेताहरु हिजो मन्त्रालय बाँडफाँटको सहमतिमा पुग्न सकेका थिएनन् । प्रधानमन्त्री दाहालले यसपटक सरकारलाई पूर्णता दिँदा उपप्रधानमन्त्री नराख्ने भएका छन् । उनले यसबारेमा कांग्रेस सभापति देउवासँग पनि छलफल गरेका छन् । अहिले भएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि मन्त्रीको मात्रै जिम्मेवारी दिने दाहालको योजना छ ।

यसअघि एमाले, राप्रपा र रास्वपा सरकारमा हुँदा चार जना उपप्रधानमन्त्री थिए । चार चार जना उपप्रधानमन्त्री हुँदा सरकारको आलोचना भएको थियो । प्रधानमन्त्री दाहालले ढिलोमा चैत्र १३ गतेभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिइसक्ने घोषणा गरेका छन् । स्रोतकाअनुसार कांग्रेसले ८, माओवादीले प्रधानमन्त्रीसहित पाँच, जसपा र एकीकृत समाजवादीले २÷२ र अन्य दलहरुलाई एक÷एक मन्त्रालय दिने प्रस्ताव छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -