काठमाडौं । नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठनकाे निर्वाचन त्रिभुवन विश्व विद्यालयकाे केही आङ्गिक क्याम्पसहरुमा सम्पन्न भयो भने निर्वाचन नभएका केही क्याम्पसहरुमा यहि चैत्र 12 गते सम्म निर्वाचन गरिसक्नु पर्छ भनी टि.यु ले निर्देशन दिएको छ।
अन्य क्याम्पसहरुमा जस्तै राजधानी काठमाडौंकाे बागबजारमा अवस्थित पद्मकन्या बहुमुखी क्याम्पसमा पनि निर्वाचन चैत्र 5 गते सम्पन्न भएकाे छ। विद्यार्थी निर्वाचनकाे सुरुवाती चरणदेखि यस क्याम्पसमा 14अौ निर्वाचन भईसक्दा नेपाल विद्यार्थी संगठनले लगातार जित हासिल गरेको छ। नेपाल विद्यार्थी संघकाे जित संगै पद्मकन्या बहुमुखी क्याम्पसले 14 वर्ष पछि नयाँ विद्यार्थी नेतृत्व पाएकाे छ । नयाँ नेतृत्व पाए संगै सम्पूर्ण विद्यार्थीहरुमा अबकाे विकासका परिवर्तन कसरी हाेला भन्ने जिज्ञासा ,माग र समस्या सहित अगाडि प्रस्तुत भएका छन्। विद्यार्थीकाे समस्या क्याम्पस प्रशासनले कसरी विद्यार्थीलाई सहज तरिकाले सेवा सुविधा पुर्याउन सकिन्छ भन्ने कुरामा नेपाल विद्यार्थी संघकाे अदक्ष ज्याेति पनेरु सहितकाे टिम एकिबद्ध भएर लागि परेको छ।
आसा छ ,यस पद्मकन्या बहुमुखी क्याम्पसमा नयाँ नेतृत्वले सकारात्मक परिवर्तन सहित सम्पूर्ण विद्यार्थीहरुलाई सहज वातावरणमा पठन पाठन प्रक्रियामा सहयोग पुर्याउने छ।








































