Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३०:३० दिउँसो
- ADVERTISEMENT -

अशोक लेल्यान्डको गाडी किन्न नबिल बैंकले ७० प्रतिशतसम्म ऋण दिने

प्रकाशित मिति: २०७९ चैत ८, बुधबार

215
Shares

अशोक लेल्यान्डको गाडी किन्न नबिल बैंकले ७० प्रतिशतसम्म ऋण दिने भएको छ । अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आईएमई मोटर्स र नबिल बैंकबीच सवारीसाधनका लागि कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता सम्पन्न भएको हो ।

सम्झौतापत्रमा आईएमई मोटर्सको तर्फबाट सीईओ हेमन्त पुराणिक र बैंकको तर्फबाट कर्पोरेट हेड चाँदनी श्रेष्ठले हस्ताक्षर गरेका हुन् । अशोक लेल्यान्डका देशभर रहेका १७ शोरुम वा नबिल बैंकको कुनै पनि शाखाबाट ग्राहकले सो अफरअन्तर्गतको सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 

अशोक लेल्यान्डका सवारीसाधन किन्नका लागि बैंकले अधिकतम ७० प्रतिशतसम्म सुलभ ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउने कम्पनीले जनाएको छ । कर्जा प्राप्त गर्नका लागि सहज र सरल प्रक्रिया अपनाइने र नेपाल राष्ट्र बैंकको नीति निर्देशनअन्तर्गत रहेर सो कर्जा उपलब्ध गराइने कम्पनीले जनाएको छ । 

नेपालको कमर्सियल सवारीसाधन बजारमा अशोक लेल्यान्डको बलियो उपस्थिति छ र देशभर शोरुम तथा सर्भिसिङसहितका टच प्वाइन्ट विस्तार कार्यलाई कम्पनीले निरन्तरता दिइरहेको छ ।

विगत दुई वर्षयता कम्पनीले आक्रामक रूपमा बजार विस्तार गरिरहेको छ र बजार हिस्सासमेत वृद्धि गर्दै गएको छ ।

हाल अशोक लेल्यान्ड नेपालको दोस्रो ठूलो कमर्सियल भेहिकल ब्रान्ड बनेको छ । हालै कम्पनीले प्रसिद्ध लाइट कमर्सियल भेहिकल ‘दोस्त’ का लागि पाँचवर्षे वारेन्टी घोषणा गरेको छ, जसले ग्राहकलाई सहज रूपमा स्वामित्वको अनुभूति प्रदान गर्ने कम्पनीको विश्वास छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -