Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:०९:१३ दिउँसो
- ADVERTISEMENT -

बिद्यार्थी संगठन भनेको बौद्धिक संगठन हो, पार्टीले अंकुस लगाउन मिल्दैन : जैशी

प्रकाशित मिति: २०७९ चैत ८, बुधबार

237
Shares

काठमाडौं ।
प्रकाश जैशी,
नेपाली राजनीतिमा अहम भुमिका निर्वाह गर्दै बिद्यार्थीको हक हित र बिद्यार्थीको भौतिक,मानसिक विकासमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आफ्नो भुमिका निर्वाह गर्दै नेपाली समाजको बेथिति, विकृति राज्य सत्तालाई आफ्नो मातहतमा राज्य संञ्चलान गरिरहेका जहानियाँ राणा शासन देखि निर्मम शाही शासनको विरुद्धमा आफ्नो कलम लाई सशक्त रुपामा समाज रुपान्तरणको लागि आन्दोलनमा होमिएको बिद्यार्थी आन्दोलन हो अनेरास्ववियु, नेपाली समाजमा भएको बेथितिलाई जरा देखि नै समाप्त पार्न सक्ने क्षमता बोकेको बिद्यार्थी आन्दोलनलाई आजको बिद्यार्थीहरु माझ पनि बिद्यार्थी संगठनको महत्त्व र कामकारबाहीमा अबका बिद्यार्थीलाई जानकार र भोलिको समाज निर्माणको सशक्त खम्बाको रुपमा निर्माण गर्नु हाम्रो र आजको समाज ,राज्य सत्ता संञ्चलान गरिरहेका जिम्मेवार ब्यक्तिले यो कुरामा पनि ध्यान दिनु पर्न बेला आएको छ।

हामीले देखाएको समाजबादको बिचार साम्यवादको बाटो ,मार्क्सबादको ब्याख्याले मात्र समाजको कुरुती र बेथिति हटाउन सकिदैन भन्रे कुरा आजको समाजले बुझिसकेको हामीले बुझ्नुपर्छ । बिद्यार्थीको ब्यक्त्तिव बिकासलाई मध्य नजर गर्दै समाजको ब्याख्या र समाजको नयाँ अवधारणमा नवीनता प्रधान गर्न सक्ने संगठन हो।

बिद्यार्थी संगठन, बिद्यार्थी कालमा विद्यार्थीले समाजको अवधारणालाई लिएर देशको स्वास्थ्य, शिक्षा खानेपानी बाटोघाटो र मनिसको जनजिवनलाई माथी उठाउन आर्थिक विकासमा नयाँ अवधारणा दिन सक्ने वर्ग हो। विद्यार्थी संगठन २००७ सालको लोकतन्त्रको प्राप्तिको आन्दोलन देखी २०१७, २०३७ , २०४६ र २०६२को आन्दोलनको अग्रह पंक्तिमा रहेर नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य निर्माणमा बिद्यार्थी आन्दोलनको सबैभन्दा ठुलो उपलब्धि रहेको छ ।

२०२२ सालमा सुजन खरेलको नेतृत्वमा आधिकारिक रुपमा स्थापना भएको विद्यार्थी संगठनले नेपालको राजनीतिक क्षेत्रमा सबै भन्दा ठूलो भुमिका खेलेको छ।

बिश्वबिद्धालयलाई कस्तो बनाउने नेपालको शिक्षा प्रणालीलाई समय अनुसार परिमार्जन सहितको शिक्षा नीति अवलम्बन गराउन पनि विद्यार्थी आन्दोलन ठूलो हात रहेको छ। बिद्यार्थी संगठन भनेको बौद्धिक संगठन हो।

यसमा पार्टीको अंकुस लगाउन मिल्दैन। बिद्यार्थी आन्दोलनलाई स्वात्त्व नीति अवलम्बन गर्न दिनुपर्छ। बिद्यार्थीको नेतृत्व बिकासका लागि अगाडि ल्याइएको स्ववियु संस्थालाई अहिले आफ्नो पार्टीको राजनीतिक कार्यकर्ता जमाउने थलो रुपमा प्रयोग गर्दै ल्याइएको छ।

एकपटक बिद्यार्थी आन्दोलनको इतिहासलाई पनि सर-सर्ती हेर्ने हो भने, जयतु संस्कृतम् आन्दोलन देखी असमान सन्धि सम्झौता विरुद्ध आन्दोलन, सुस्ता अतिक्रमण विरुद्ध आन्दोलन,खम्पा विरुद्ध आन्दोलन , चीनसंगको विवाद र सहमति कालापानी , सुस्ता बचाउ आन्दोलनको अगुवा विद्यार्थी संगठनले गरेका थिए। यो इतिहासलाई जिवित राख्नको लागि भए पनि हामी विद्यार्थी संगठनलाई चुस्त दुरुस्त बनाएर अगाडि बढाउन चाहन्छौ।
(जैशी अनेरास्ववियु आर.आर क्याम्पसको स्ववियु सदस्य उम्मेदवार हुन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -