Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:२८:१८ दिउँसो
- ADVERTISEMENT -

एआईजी ज्ञवाली प्रकरण: जन्ममितिबारे छानबिन गर्न गृहलाई पत्राचार, कँहा बिग्रियो हिसाब किताब ?

प्रकाशित मिति: २०७९ चैत ८, बुधबार

202
Shares

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको भर्ना प्रक्रिया नै अयोग्य भएको भन्दै अहिले विवाद भइरहेको छ। फरक–फरक जन्ममिति भएको, २५ वर्ष नाघिसकेपछि प्रहरी सेवामा प्रवेश गरेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। 

ज्ञवाली एआईजीमा बढुवा भएपछि प्रहरी महानिरीक्षक (आईजी)को प्रतिस्पर्धी बनेका छन्। तर एआईजी बढुवा भएलगत्तै अख्तियारले ज्ञवालीले २५ वर्ष नाघेपछि प्रहरी सेवामा भर्ना भएको हुनसक्ने तथा उनको फरक–फरक जन्ममितिबारे छानबिन गर्न भन्दै गृह मन्त्रालयलाई पत्राचार गरेको छ। 

प्रहरी नियमावलीले पूरा विवरण भएको प्रमाणपत्रलाई आधार मानेर उमेर गणना हुने उल्लेख गरेको छ। सोअनुसार ज्ञवालीको जन्म मितिको पूरा विवरण शैक्षिक प्रमाणपत्रमा उल्लेख छ। शैक्षिक प्रमाणपत्रअनुसार ज्ञवालीको जन्ममिति २०२५ भदौ २६ गते छ।

२०२५ भदौ २६ गतेको उनको जन्ममिति भएकाले प्रहरी निरीक्षकमा भर्ना २५ वर्ष नाघेपछि भर्ना हुन नमिल्ने हुँदा ज्ञवाली २५ वर्ष नाघिसकेपछि भर्ना भएको दाबी गरिएको छ। 

प्रहरी नियमावली २०७१ ले प्रहरी निरीक्षकमा भर्ना हुने योग्यताअनुसार उमेरको विवरणमा दरखास्त फारम दर्ता हुने अन्तिम मितिसम्मा २० वर्ष उमेर पुगेको र २५ वर्ष ननाघेको उल्लेख गरेको छ। 

ज्ञवालीसहित अहिले आईजीको प्रतिस्पर्धामा रहेकाहरु २०५० मंसिरमा प्रहरी निरीक्षकका लागि आह्वान गरेको दरखास्तअनुसार भर्ना भएका व्यक्तिहरु हुन्। 

२०७१ मा उल्लेख भएको प्रहरी निरीक्षकमा भर्ना हुने उमेर योग्यताअनुसार ज्ञवाली अयोग्य ठहरिन्छन्।  २०५० मंसिरमा दरखास्त खुल्दा ज्ञवाली २५ वर्ष ३ महिनाका भइसकेका थिए। यसरी प्रहरी नियमावली २०७१ लाई आधार मानेर उमेर गणना हुँदा ज्ञवालीको भर्ना प्रहरी नै अयोग्य ठहरिन्छ। 

तर ज्ञवाली प्रहरी निरीक्षकमा भर्ना हुँदा भने प्रहरी नियमावली २०४९ कार्यान्वयनमा थियो।  प्रहरी नियमावली २०४९ अनुसार भने उनको भर्ना प्रक्रिया योग्य ठहरिन्छ। प्रहरी नियमावली २०४९ को दफा १३ मा प्रहरी निरीक्षकमा भर्ना हुन चाहिने योग्यताका बारेमा उल्लेख गरिएको छ। 

Police_Inspector_Admission_age_049_0711679465413.jpg

दफा १३ (क) मा उमेरबारे लेखिएको छ, ‘छनौट हुने सालको वैशाख १ गते २० वर्ष उमेर पुगेको र २५ वर्ष उमेर ननाघेको।’

२०४९ को नियमावलीअनुसार उमेरको हिसाब गर्दा भर्ना हुने सालको वैशाखको १ गतेलाई आधार मान्नुपर्ने हुन्छ। अर्थात् ज्ञवालीले २०५० मंसिरमा प्रहरी निरीक्षकमा दरखास्त दिए पनि उमेरको हिसाब भने २०५० वैशाख १ गते २५ वर्ष ननाघेको हुनुपर्ने हुन्छ। 

उक्त नियमावली अनुसार उमेरको हिसाब गर्दा ज्ञवालीको जन्ममिति २०२५ भदौ २६ गतेबाट २०५० वैशाख १ गते २५ वर्ष ननाघेको भनेर हिसाब गर्नुपर्ने हुन्छ। जसअनुसार उमेरको हिसाब गर्दा ज्ञवालीको उमेर (भर्ना भएको वर्षको वैशाख १ गते) २४ वर्ष ५ महिना हुन्छ। २०४९ को प्रहरी नियमावलीअनुसार उनको भर्ना प्रक्रियामा त्रुटि देखिँदैन । 

तर अहिले भने आफूमाथि नियोजित रुपमा प्रहार भइरहेको ज्ञवाली बताउँछन्। ‘भर्ना हुँदा २०४९ को नियमावलीअनुसार भर्ना हुने, तर हिसाब गर्दा २०७१ को नियमावली अनुसार हिसाब गर्दा बिग्रिएको हो,’ ज्ञवालीले भने, ‘२८ वर्ष प्रहरी सेवामा हुँदा कहिल्यै विवाद उठेन, अहिले नेतृत्वको प्रतिस्पर्धी भयो भन्दैमा विवाद झिकिएको मात्रै हो।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -