Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१०:३६ दिउँसो
- ADVERTISEMENT -

स्थानीय तहमा भ्रष्टाचार बढ्दै

प्रकाशित मिति: २०७९ चैत ८, बुधबार

211
Shares

काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्थानीय तहको भ्रष्टाचारसम्बन्धी उजुरी बढी पाइएको छ । स्थानीय तहमा कर्मचारी, उपभोक्ता र बिचौलियाको मिलेमतोमा भ्रष्टाचार हुने क्रम बढ्दै गएको अख्तियारले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका अधिकांश उजुरीहरू स्थानीय तहका भ्रष्टाचारसँग सम्बन्धित रहेका छन् । आयोगका अनुसार गत वर्षझै चालू आर्थिक वर्षमा पनि स्थानीय तहमा हुने भ्रष्टाचारको उजुरी बढ्दै गएको हो । आयोगले भ्रष्टाचारको उजुरी र त्यसको छानबिन गरी विशेष अदालतमा दायर गरिने मुद्दाको संख्याका आधारमा सबैभन्दा बढी भ्रष्टाचार हुने निकायको सूचीमा स्थानीय तहलाई राखेको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताए । आयोगका अनुसार चालू आर्थिक वर्षको पुससम्ममा २ हजार २ सय ६५ वटा उजुरी परेका छन् ।

चैत्रको पहिलो सातासम्म यो संख्या करिब ३ हजारको हाराहारीमा पुग्ने बताइएको छ । पुस मसान्तसम्म ३३ वटा मुद्दा विशेष अदालतमा दायर गरेको आयोगले चैत्रको पहिलो सातासम्म करिब ५० वटा मुद्दा दायर गरिसकेको छ । यसरी दायर भएको मुद्दाको ठूलो हिस्सा स्थानीय तहसँग सम्बन्धित रहेका छ । आयोगले चैत्र पहिलो साता पोखरा महानगरपालिका, २८ वडा कार्यालयमा कार्यरत सबइन्जिनियर प्रवीण विक र गत फागुन २६ गते सर्लाहीको हरिवन नगरपालिका वडा नं १० का वडाअध्यक्ष शम्भुप्रसाद मैनालीलगायत तीन जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

त्यसै गरी फागुन २५ गते ललितपुर महानगरपालिका शिक्षा शाखाका अधिकृत शेषकान्त पौडेललाई नियन्त्रणमा लिइएको थियो । फागुन १४ गते सप्तरीको शम्भुनाथ नगरपालिकाका नगरप्रमुख जितेन्द्रप्रसाद गुप्ता र इन्जिनियर रामचन्द्र साह, डोल्पा, ठूलीभेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवबहादुर सुनार, इन्जिनियर, वडाअध्यक्षसमेत १० जनाउपर गैरकानुनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको मुद्दा दायर गरिएको थियो । यी स्थानीय तहमा भएका भ्रष्टाचारविरुद्ध दायर मुद्दाका केही उदाहरण मात्र हुन् । अघिल्लो आर्थिक वर्षमा आयोगमा दर्ता भएका भ्रष्टाचारसम्बन्धी उजुरी र प्रवृत्तिको विश्लेषण गर्दा महत्वपूर्ण हिस्सा प्रदेशसहित स्थानीय तहको रहेको पाइएको छ । विशेष अदालतमा दायर १ सय ३१ वटा मुद्दाको प्रतिवादीमा १ सय ४१ जना जनप्रतिनिधि रहेका छन् । सार्वजनिक पद धारण गर्नेमध्ये जनप्रतिनिधिको संख्या बढी रहेको हो । ७९ जनालाई गैरकानुनी लाभ वा हानि नोक्सानी पु¥याएको अभियोग लगाइएको थियो । यस मुद्दामा अधिकृत कर्मचारी ७१ जना, सहायक सहयोगी कर्मचारी ६५ जना र बिचौलिया १ सय ५ जना रहेका थिए । आयोगका अनुसार कुल उजुरीमध्ये ३३ दशमलव १ प्रतिशत स्थानीय तहका उजुरीहरू रहेका छन् ।
नेपाल समाचारपत्र दैनिकबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -