Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:२३:३९ दिउँसो
- ADVERTISEMENT -

रुपन्देहीका ६ क्याम्पसमा अनेरास्ववियु र नेविसंघको बराबरी

प्रकाशित मिति: २०७९ चैत ६, सोमबार

334
Shares

भैरहवा, चैत ६ गते । रुपन्देहीमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव भएका ६ वटा क्याम्पसमध्ये अनेरास्ववियु र नेविसङ्घले बराबरी सङ्ख्यामा जितेका छन् । १२ क्याम्पसमा स्ववियु निर्वाचनको लागि सङ्गठन दर्ता भए पनि ६ वटामा सङ्गठनहरुबीचको विवादका कारण रोकिएको छ ।

नतिजा सार्वजनिक भएका क्याम्पसमध्ये बुटवल बहुमुखी क्याम्पस, देवदह आदर्श क्याम्पस र हरैया बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् भने सियारी ४ छपियास्थित लीलाधर घिमिरे छपिया जनता कलेज, सैनामैनाको रामापुरस्थित शहीद नारायण पोखरेल क्याम्पस र शुद्धोधनको  फर्साटिकरस्थित यज्ञोदय दूधनाथ थारु क्याम्पसमा नेविसङ्घका उम्मेदवार विजयी भएका हुन् ।

यस क्षेत्रको पुरानो र धेरै विद्यार्थी भएको बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुका दुर्गाबहादुर एमसी निर्वाचित हुनुभएको छ । उहाँले अखिल क्रान्तिकारीका शिवबहादुर खवासलाई पराजित गर्नुभएको हो । यहाँ अनेरास्ववियुलाई छैटौँले साथ दिएको थियो । अन्य ६ वटा सङ्गठन एकल लडेका थिए ।

त्यसैगरी, देवदह आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी भएको छ । कञ्चन गाउँपालिकामा रहेको हरैया बहुमुखी क्याम्पसमा अनेरास्ववियुका प्रदिप शर्मा विजयी हुनुभएको छ । हरैया क्याम्पसमा अनेरास्ववियु, जनमत विद्यार्थी सङ्घ र लोकतान्त्रिक विद्यार्थी सङ्घको संयुक्त प्यानल बनेको थियो ।

सियारी गाउँपालिकाको लीलाधर घिमिरे छपिया जनता कलेजको स्ववियु अध्यक्षमा नेपाल विद्यार्थी सङ्घका अभिषेककुमार यादव विजयी हुनुभएको छ । फर्साटिकरको यज्ञोदय दूधनाथ क्याम्पसमा महेश चौधरी विजयी हुनुभएको छ । त्यसैगरी शहीद नारायण पोखरेल रामापुर क्याम्पसमा नेविसङ्घकै मनोज बेलबासे विजयी हुनुभएको छ । यहाँ नेविसङ्घले अखिल क्रान्तिकारी, अखिल विप्लव र अखिल समाजवादीसँग मिलेर चुनाव लडेको थियो ।

अब निर्वाचन हुन बाँकी रहेका ६ वटा क्याम्पसमध्ये भैरहवा बहुमुखी क्याम्पस र पक्लिहवा कृषि  क्याम्पसमा ८ गते मिति तोकिएको छ भने लुम्बिनी वाणिज्य क्याम्पस, राममणि क्याम्पस, सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा निर्वाचनको मिति टुङ्गो लागेको छैन । गोरखापत्रबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -