Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
६:०२:०३ बेलुका
- ADVERTISEMENT -

उपभोक्तालाई ठग्दै डीडीसी

प्रकाशित मिति: २०७९ चैत ६, सोमबार

185
Shares

काठमाडौं ।
दुग्ध विकास संस्थान (डीडीसी)ले स्ट्यान्डर्ड दूध ( नीलो पोका )को प्रतिलिटर ९७ रुपैयाँ निर्धारण गरेको छ । बजारमा पाइने उपलब्ध एक पोका (आधा लिटर)को मूल्य ४८ रुपैयाँ ५० पैसा तोकिएको छ तर उपभोक्ताले यसलाई ५० रुपैयाँ तिर्नु परिरहेको छ ।

काठमाडौँ, बुद्धनगरकी कविता थापाले भने, “डीडीसीको दूध गुणस्तरीय हुन्छ भनेर दिनमा दुई प्याकेट (एक लिटर) खरिद गर्छु । पसलेले एक सय रुपियाँ नै लिन्छन् ।” थापा त एक जना प्रतिनिधि मात्र हो । आमउपभोक्ता दूध खरिद गर्दा बढी पैसा तिर्न बाध्य छन् । डीडीसीले खुद्रा मूल्य पोकामा लेख्ने गरे पनि उपभोक्ता खुद्रा व्यापारीबाट ठगिने गरेका छन् । दूध वितरण गर्ने बुथले पनि खुद्रा मूल्य ५० नै लिने गरेको छ ।

खुद्रा बिक्रीमा उपभोक्ता ठगिने गरेका हुन् । उपत्यकामा एक हजार दुई सयवटा बुथबाट दूध वितरण हुने गर्छ । दूध वितरणका लागि बुथलाई डीडीसीले प्रतिलिटरमा पाँच रुपियाँ कमिसन दिने गर्छ तर बुथले समेत खुद्र बिक्रीमा बढी मूल्य लिई ठग्ने गरेको उपभोक्ताको गुनासो छ । बजारमा वितरण हुन प्रशोधित दूधमा दिनहुँजसो उपभोक्ता ठगिने गरेका छन् । खुद्रा व्यापारीले दुग्ध विकास संस्थानले ( डीडीसी )ले निर्धारण गरेको मूल्यभन्दा बढी मूल्य लिई उपभोक्ता ठग्ने गरेका हुन् ।

स्ट्यान्डर्ड दूध ( नीलो पोका ) र गाईको दूध ( पहेँलो पोका )मा उपभोक्ता ठगिने गरेको पाइएको छ । गाईको दूध आधा लिटरको प्याकेटमा ५८ रुपियाँ मूल्य निर्धारण गरिए पनि खुद्रा व्यापारीले ६० रुपियाँ मूल्य लिने गरेको उपभोक्ताले गुनासो छ । डीडीसीले बजारमा स्ट्यान्डर्ड प्रतिलिटर ९७ रुपियाँ, आधा लिटरको ४८ रुपियाँ ५० पैसा, क्रिम मिल्क प्रतिलिटर १३०, आधा लिटरको ६५ रुपियाँ रहेको छ । गाईको दूध प्रतिलिटर ११६ रुपियाँ र आधा लिटरको ५८ रुपियाँ मूल्य निर्धारण छ । यस्तै कम चिल्लो पदार्थ भएको प्रतिलिटर दूधको मूल्य ९० रुपियाँ र आधा लिटरको मूल्य ४५ रुपियाँ निर्धारण गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -