नेपाल ल क्याम्पस प्रदर्शनीमार्ग काठमाडौंको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका उम्मेदवार विष्णु ढुंगेल निर्वाचित भएका छन्।
नेकपा माओवादीनिकट अखिल क्रान्तिकारीका ढुंगेलले ५९१ मत ल्याएका छन्।
उनले अनेरास्ववियुका कैलाश तामाङलाई हराएका हुन्। कैलाशले ५३९ मत ल्याएका छन्।
सभापतिका उम्मेदवार रविना सथसंकरले २१, आदर्शकुमार सहनीले ३५, यतिष ओझाले ६६ मत ल्याएका छन्।










































