Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१८:३२ दिउँसो
- ADVERTISEMENT -

गाेरखमा पुगेर श्रेष्ठले भने : व्यवसायीको समस्या सुक्ष्म रुपमा बुझेको छु, समाधान गर्न ढकालको सारथी भएर आउँदैछु

प्रकाशित मिति: २०७९ चैत ५, आइतबार

172
Shares

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले साना, मझौलादेखि ठूला व्यवसायीका समस्या सुक्ष्म तरिकाबाट बुझेको र समस्या समाधान गर्न महासंघको नेतृत्वका लागि उम्मेदवारी दिएको बताएका छन् । गोरखा उद्योग वाणिज्य संघको ४७ औं साधारणसभामा बाेल्दै उनले यस्ताे बताएका हुन् ।

‘महासंघको विधान अनुसार चैत २९ गतेपछि महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष हुनुहुन्छ,’ उनले भने, ‘उद्योगी व्यवसायीका समस्या समाधान गर्नका लागि चन्द्रजीको सारथी भएर काम गर्न अहिले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको छु ।’ साथै अहिले महासंघको पुरानो साख जोगाउनु पर्ने समय आएको भन्दै त्यसलाई लागि ढकालको टीममा आफु वरिष्ठ उपाध्यक्ष भएर गएपछि काम गर्न सकिने उनकाे दावी छ ।

उनले उद्योगी व्यवसायीहरु एक नभएकै कारणले निजी क्षेत्रको मुद्दामा चासो नदिएको भन्दै अबका दिनमा समग्र उद्योगी व्यवसायी एक ढिक्का भएर अघि बढनुको विकल्न नरहेको बताए ।

‘अहिले हामी उद्योगी व्यवसायीहरु आन्दोलनमा छौं तर सरकारले हाम्रा माग सम्बोधन गर्न चासो देखाएका छैन,’ उनले भने, ‘देशको अर्थतन्त्र चलायमान बनाउन ७० प्रतिशतभन्दा बढी योगदान दिने निजी क्षेत्रलाई सरकारले उपेक्षा गर्नु भनेको हाम्रो दुर्भाग्य हो ।’

अहिले देखिएको बैंक ब्याजदरको समस्या बैंक र ऋणीमा भन्दा पनि नियामक निकायले गर्दा भएको भन्दै यस विषयमा तत्काल वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताए । ‘अहिलेको मुख्य समस्या नियामक निकायमा छ किनकि नियम कानून बनाउँदा सरकारले बैंकलाई बढी संरक्षण दिएको छ,’ उनले भने ।

यसैगरी अहिले विश्वव्यापी रुपमा देखिएको आर्थिम मन्दीको समस्याले गर्दा नेपाललाई पनि ठूलो असर परेको र अबका दिनमा उद्योगी व्यवसायीको उधारो नउठ्ने समस्या पनि उत्तिकै बढ्दै गएको उनको भनाई थियो ।

‘हामी अहिले उधारोमा चलेका छौ यदि त्यो रकम उठेन भने कसले जिम्मेवारी लिने,’ उनले भने, ‘यस्ता समस्या समाधान गर्न महासंघले नेतृत्व गर्नुपर्छ तर मलाई लाग्न अहिले महासंघको कार्यशैली बहुसंख्यक उद्योगी ब्यवसायीको हितमा छैन ।’

देशमा राजनीतिक क्रान्ति भएर गणतन्त्र आएपनि तर आर्थिक क्षेत्र झन खस्किएको उनको भनाई थियो । ‘हामी उद्योगी व्यवसायीले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ल्याउन क्रान्ति गरेका होइनौं,’ उनले भने, ‘देशलाई आर्थिक रुपमा समृद्ध बनाउन हाम्रो लडाई थियो तर अहिले उल्टो भैदियो ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -