Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:१४:४१ बिहान
- ADVERTISEMENT -

बारपाकले पर्यटक गुमाउने खतरा

प्रकाशित मिति: २०७९ चैत ५, आइतबार

161
Shares

बारपाक ।
पुनर्निर्माणपछि मौलिक पहिचान गुमाएको गोरखाको बारपाकले पर्यटक गुमाउने खतरा बढेको छ। परम्परागत सीप र विधिबाट बनाइएका एकनासे घर नै प्रमुख आकर्षक बनेको बारपाकमा २०७२ सालको भूकम्पपछि पुनर्निर्माण गरियो। नयाँ भवन निर्माण भएपछि मौलिक पहिचान गुमाएकाले पर्यटन क्षेत्रमा असर पर्ने देखिएको हो।

ढुङ्गाका घर, ढुङ्गाकै भुइँ, ढुङ्गाकै छाना, ढुङ्गाकै पर्खालका कारण एकनासका देखिने घर यहाँको पहिचान थियो। अहिले त्यस्ता घर प्रायः लोप भइसकेका छन्। आधुनिक भौतिक संरचनाका कारण पर्यटन क्षेत्रमा असर पर्ने देखिएपछि पर्यटन व्यवसायी चिन्तित देखिएका छन्।

पर्यापर्यटनविज्ञ विश्वराज सुवेदी बारपाकले मौलिक साख गुमाउन नहुने बताउँदै भने, “बारपाकको पहिचान नै मौलिक घर र सांस्कृतिक कार्यक्रम हुन्। त्यो नै बिस्तारै लोप हुन थालेपछि त्यसले आन्तरिक तथा बाह्य पर्यटकलाई प्रभाव पार्छ।” बारपाकमा दैनिक सरदर ५० जना पर्यटक अहिले पनि जाने गरेका छन्। विगतभन्दा यो सङ्ख्या घटेको हो। होटल व्यवसायी सङ्घ बारपाकका सदस्य जितबहादुर घलेले पुरानै मौलिक पहिचान खोज्ने पर्यटक आउन छाडेको बताउँदै भने, “अब पहिलेजस्तो बारपाक गाउँ कहाँ रह्यो र रु सहरका सुविधा पाइने भयो। गाउँ खोजेर आउने पर्यटक बिस्तारै घट्न थाले।”

भूकम्पका कारण बारपाकका मौलिक घर प्रायः सबै पाताल भए। पुनर्निर्माण गर्दा परम्परागत शैलीलाई नै अपनाउनुपर्नेमा आधुनिक शैली अपनाइयो। बारपाक सुलिकोट गाउँपालिका–१ का वडाध्यक्ष धनबहादुर घलेले भूकम्पका कारण धनजनका साथै मौलिक घर पनि गुमाउनुपरेको उल्लेख गर्दै पुनर्निर्माणक्रममा मौलिक परम्परालाई कायम राख्न ठोस योजना नहुँदा समस्या भएको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -