Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०५:४९ दिउँसो
- ADVERTISEMENT -

काठमाडौंका ३२ मध्ये १८ क्याम्पसमा मात्रै स्ववियु निर्वाचन

प्रकाशित मिति: २०७९ चैत ४, शनिबार

229
Shares

काठमाडौं। भोलि आइतबार देशभरका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ । १४ वर्षपछि हुन लागेको चुनावमा विद्यार्थीको उत्साहपूर्ण सहभागिता हुने देखिन्छ।

तर, चुनावको तालिका सार्वनजिक भएर पनि विद्यार्थी संगठनको तालाबन्दी र झडपका कारण केही क्याम्पसमा चुनाव अनिश्चित छ। केही क्याम्पसमा भने विद्यार्थी संगठनहरूले भागबण्डामा नेतृत्वसहित पदाधिकारी र सदस्य निर्विरोध बनाइसकेका छन्।

देशका केही ठूला क्याम्पसमा चुनाव अनिश्चित छ। पोखरा, सुर्खेत र काठमाडौंका केही कलेजमा भोलि निर्वाचन हुनेछैन ।
काठमाडौंका पनि १० वटा क्याम्पसमा निर्वाचन नहुने भएको छ।

३२ क्याम्पस रहेको काठमाडौंमा ४ वटा क्याम्पसमा यसअघि नै निर्विरोध भइसकेको छ। काठमाडौंको बौद्ध बहुमुखी क्याम्पस, कान्तिपुर कलेज थली, सहयोगी बहुमुखी महाविद्यालय गोकर्ण र कैलाशकुट कलेज जयवागेश्वरीमा स्ववियु निर्विरोध निर्वाचित भइसकेका छन्।

त्यसैगरी, पशुपति क्याम्पस चावहिल, बानेश्वर बहुमुखी क्याम्पस, आयुर्वेदिक क्याम्पस कीर्तिपुर, एन.आर कलेज नेपालटार, त्रिचन्द्र क्याम्पस घण्टाघर, विश्वभाषा क्याम्पस, वाल्मिकी क्याम्पस प्रदर्शनीमार्ग र आरआर क्याम्पसमा तत्कालका लागि स्ववियु निर्वाचन रोकिएको छ।

यसमध्ये त्रिचन्द्र क्याम्पस घण्टाघरमा भने चैत ९ गते निर्वाचन हुने भनिएको छ। कोटेश्वर बहुमुखी क्याम्पस र ग्रामीण आदर्श क्याम्पस मनमैजुमा चाहिँ तालाबन्दी छ। यी दुवै क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित छ।

केन्द्रीय क्याम्पस त्रिविसमेत १८ वटा क्याम्पसमा भने आइतबार निर्वाचन हुनेछ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -