नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ ।
प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने, सरकार विस्तारसहितका विषयमा छलफल गर्न कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो ।
बैठक आइतबार बिहान १०ः३० बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बस्नेछ ।
माओवादीसँग मिलेर राष्ट्रपति आफ्नो कित्तामा पारेको कांग्रेस प्रचण्ड नेतृत्वको सरकारमा पनि सहभागी हुँदैछ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक डाकिएको जानकारी दिए।








































