Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३९:३३ बिहान
- ADVERTISEMENT -

शिवालयमा शिक्षकलाई ४० हजार रुपैयाँ नगदसहित सम्मान

प्रकाशित मिति: २०७९ फागुन २८, आइतबार

203
Shares

पोखरा। कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयमा निजी स्रोतमा कार्य गरेका एक शिक्षकलाई नगद रु. ४० हजार रुपैयाँसहित सम्मान गरी बिदाइ गरिएको छ ।

शुक्रबार विद्यालयमा आयोजित शिक्षक बिदाइ तथा सम्मान कार्यक्रममा झण्डै १७ वर्षसम्म निजी स्रोतमा रही कार्य गरेका शिक्षक सुकबहादुर थापालाई विद्यालयले नगदसहित सम्मान गर्दै बिदाइ गरेका हो । २०६२ देखि विद्यालयमा कार्य गरेका उनले उमेर हदका कारण गत फागुन १ गतेदेखि स्वैच्छिक अवकाश लिएका थिए । उनले विद्यालयमा कार्यरत रहँदा गरेको योगदानको कदर गर्दै नगदसहित सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनपति ओझाले जानकारी दिए ।
उनीसँगै शिक्षिकात्रय बिना तिमल्सेना, पार्वती श्रेष्ठ र सङ्गीता ओझालाई पनि सम्मानसहित बिदाइ गरिएको थियो । तिमल्सेना र ओझा शिक्षक सेवा आयोगबाट स्थायी शिक्षकमा सिफारिस भएकाले र श्रेष्ठको सरुवा भएकाले विद्यालयबाट बिदाइ गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनपति ओझाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रूपा गाउँपालिका, वडा नम्बर २ का वडा अध्यक्ष राजन सुवेदीले विद्यालयको चौतर्फी विकासका लागि बिदाइ भएर गएका शिक्षकहरूले गरेका योगदानको प्रशंसा गरे । विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्षसमेत रहेका सुवेदीले आफू अध्यक्ष हुँदा विद्यालयको विकासका लागि गरिएका प्रयासहरूमा सबैले होस्टेमा हैँसे गरेको स्मरण गरे । कार्यक्रममा बिदाइ भएर जाने शिक्षकहरूले विद्यालयले प्रविधिमैत्री ढङ्गले सञ्चालन गरेको सिकाइ सहजीकरण प्रक्रिया जहाँ गए पनि बिर्सन नसक्ने धारणा राखेका थिए । उनीहरूले शिक्षकको क्षमता वृद्धि र उत्प्रेरणामूलक कार्यमा विद्यालयले गरेको सहयोगले जुनसुकै ठाउँमा गएर पनि शिर ठाडो गर्न सकिने परिस्थिति सिर्जना गरेको स्मरण गरे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावी, पूर्व प्रधानाध्यापक जयराम सुवेदी, शिक्षक–अभिभावक सङ्घकी शिक्षक प्रतिनिधि शान्ता तिमल्सेना, शिवालय बाल क्लबकी अध्यक्ष करिना ओझालगायतले बिदाइ भएर जाने शिक्षकहरूलाई बधाई र शुभकामना दिएका थि

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -