नेजसस जापानको केन्द्रीय समितिको पहिलो वैठक मार्च ११ मा हुने नेपाली जनसम्पर्क समिति जापान को केन्द्रीय कार्यसमिति को पहिलो वैठक बस्ने टुंगो लागेको छ।
नेपाली कांग्रेस पार्टीको विदेश स्थित भातृसंस्था नेपाली जनसम्पर्क समिति जापान को केन्द्रीय समिति गत महिनाको ११ तारिक वृहत राष्ट्रीय कृयाशिल कार्यकर्ता हरुको राष्ट्रीय भेलाबाट गठित भएको थियो। गठनको ठीक एक महिना पश्चात केन्द्रीय कार्यसमिति को प्रथम वैठक बस्न लागेको कार्यसमिति का प्रवक्ता सुरज बनले हामीलाइ जानकारी दिनुभयो ।
उक्त वैठकमा विध्यमान संगठन संरचनाको विस्तार, नेपाल स्थित नेपाली कांग्रेस को केन्द्रीय समितिसंगको समन्वयकारी भूमिकामा सामाजिक कार्यहरु गर्ने र भ्रातृत्व विकासका सम्बन्धमा विविध छलफल गरिने श्रोतले जनाएको छ। प्रथम भेला ले जापानको राजधानी टोक्यो शहरमा Press Conference गर्ने बारेमा निर्णय हुनसक्ने जानकारी पाइएको छ।
केन्द्रीय कार्यसमिति का सबै पदाधिकारी तथा सदस्यहरुलाइ वैठकमा उपस्थित हुन आह्वान गरेको प्रवक्ता बनले जानकारी दिएका छन।








































