Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:२७:१८ दिउँसो
- ADVERTISEMENT -

‘प्रधानमन्त्रीलाई अदालतमा लाने प्रक्रिया गम्भिर छ’: डा. भट्टराई

प्रकाशित मिति: २०७९ फागुन २३, मंगलबार

227
Shares

काठमाडौं– नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने षड्यन्त्र भइरहेको टिप्पणी गरेका छन् ।

समाजवादी महिला संघले ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आयोजना गरेको कार्यक्रममा बोल्दै डा.भट्टराईले जनताको अधिकारलाई प्राथमिकतामा राखेर बनाएको संविधानलाई उल्टाउने षड्यन्त्रहरु भइरहेको दावी गरे ।

डा.भट्टराईले राजनीतिक प्रणालीमाथि नै खतरा उत्पन्न भएको दावी गर्दै भने – ‘एकातिर हाम्रो राजनीतिक प्रणाली र हाम्रो अधिकारमाथि खतरा पैदा भएको छ ।
अर्कोतिर हाम्रो शान्ति सम्झौताअनुसार संविधान निमार्ण गर्ने, सेना समायोजन गर्ने र द्वन्दकालिन मुद्दाहरुको निरुपण गर्ने कुरा निम्ति सत्य निरुपण तथा मेलमिलापआयोग मार्फत हलगर्ने जुन कुरा थियो । यो कार्यलाई पूरा हुन नदिने सानो मुद्दा उठाएर प्रधानमन्त्रीलाई अदालतमा लाने प्रक्रिया भएको छ, यो गम्भिर छ ।’

न्यायको अधिकार अहिलेको गम्भिर चुनौति बनेको भन्दै जुन गठबन्धन बन्ने र भत्कने प्रक्रिया भएको छ त्यो देशको लागि हानिकारक भएको पनि डा.भट्टराईको भनाई छ ।

‘जुन संविधान हामीले निर्माण गरेका छौं, त्यसलाई उल्टाउनको निम्ति षड्यन्त्रहरु भएको छ । दुई पटक चुनाव भयो, दुई वटा सरकार भन्यो तर हामीले अहिले पनि राजनीतिक स्थिरता दिन सकेका छैनौं,’ डा.भट्टराईको भनाइ छ ।

डा.भट्टराईले संविधानले महिलालाई राजनीतिक प्रतिनिधित्वको हक, सम्पत्तिमाथिको हक र नागरिकता लगायतका हक प्राप्त भएको भन्दै लामो संघर्षपछि महिला र
पुरुषबीच समानता र राजनीतिक परिवर्तन प्राप्त भएको भए पनि नेपालमा अझै पनि सामान्य राजनीतिक, आर्थिक, सांस्कृतिक अधिकार प्राप्तिको लागि संघर्ष गर्नुपर्ने बताए ।

उनले भने– ‘भिन्नता र असमानता फरक कुरा हो, डिजिटल प्रविधिले लैङ्गिक समानतामा के–कस्तो काम गर्छ भन्ने विषयमा अन्तराष्ट्रिय रुपमा छलफल भईरहेको छ तर नेपालमा भने सामान्य राजनीतिक, आर्थिक, सांस्कृतिक अधिकार प्राप्तिको कुरामा अल्झिरहेका छौ ।’

नेपालको राजनीतिमा भइरहेको अस्थिरताले एकातिर राजनीतिक प्रणाली र अधिकारमाथिखतरा पैदा भएको र अर्को तिर शान्ति सम्झौताअनुसार संविधान निमार्ण गर्ने, सेना समायोजन गर्ने र द्वन्दकालिन मुद्दाहरुको निरुपणमा पनि प्रभाव गर्ने उनको भनाई छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -