दोलखा । नेपाली काङ्ग्रेस दोलखाले सरकारी कर्मचारीलाई नेपाल विद्यार्थी संघ दोलखाका अध्यक्ष बनाउन केन्द्रमा सिफारिस गरिएको पाइएको छ। दोलखाको कालिन्चोक गाउँपालिकाका कार्यरत सुचना तथा संचार प्रबिधि अधिकृत सौगात थापालाइ दोलखा काङ्ग्रेसले सिफारिस गरेको पाइएको हो ।

यो समाचार तयार पार्दासम्म थापाको नाम गाउँपालिकाको वेबसाईट नै रहेको छ भने गाउँपालिकामा हाजिर गरेर तलब लिरहेको पाइएको हो । नेपाल विद्यार्थी संघ केन्द्रिय समितिले विद्यार्थी युवा नेता प्रनिल तामाङलाई मनोनीत गरेपछि दोलखा काङ्ग्रेसले बिरोध गरेको छ ।
नेपाली काङ्ग्रेस दोलखाका सभापति बर्मा लामाकै वडाका तामाङ लाई केन्द्रीय समितिले मनोनीत गर्दा सभापति लामा भने त्यसको विरुद्धमा उत्रिएका छन ।
आफ्नो वडाकै जिल्ला अध्यक्ष हुँदा पनि असन्तुष्ट भएका लामाले सरकारी सेवासुबिधा लिइरहेका सौगात थापालाई अध्यक्ष बनाउन माग गरेका छन ।








































