काठमाडौं।
एक वर्ष जेल बसाई पछि अदालत बाट सफाई पाएर निस्किएका नायक पल शाहले होली पर्वको अवसरमा सामाजिक सञ्जाल फेसबिक मार्फत स्टाटस लेख्दै आफ्नो मनमा कसैप्रति पनि रिस बाँकी नरहेको र कुनै प्रतिशोधको भावना नरहेको बताएका छन्। शाहले सिकाई जीवनभर अनवरत चलिरहने प्रक्रिया भएको उल्लेख गर्दै अब आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षा पूरा गर्ने एउटै लक्ष्य रहेको बताए।
उनले भनेका छन्,‘यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो । त्यसैले मेरो अनुरोध कसैलाई गालीगलौज र नराम्रो व्यवहार नगरिदिनुहोला । उहाँहरुसँग फेरि सहकार्य गर्ने वातावरण मिलोस् ।’
होलीको अवसरमा तस्विरहरु सार्वजनिक गर्दै शाहले लेखेका छन् :








































