Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३४:२५ बिहान
- ADVERTISEMENT -

राष्ट्रपति निर्वाचनपछि नयाँ राजनीतिक कोर्स, एमाले-कांग्रेस मिलेर चलाउन सक्छन् सत्ता

प्रकाशित मिति: २०७९ फागुन २३, मंगलबार

226
Shares

काठमाडौँ । पुस २५ को राष्ट्रपति निर्वाचनपश्चात नयाँ राजनीतिक कोर्सको विकास हुनसक्ने आधार बलियो बन्दै गएको छ । माओवादी केन्द्रको अस्थिर चरित्रबाट आजित बनेका एमाले र कांग्रेसले सत्ता साझेदारी गर्नसक्ने अड्कलबाजि हुन थालेको छ । एमाले नेताहरुले यस्तो संकेत गरिरहँदा कतिपयले राष्ट्रपति निर्वाचनमा माओवादीलाई बहकाउने प्रयासका रुपमा पनि चित्रण गरेका छन् ।

राष्ट्रपति निर्वाचनका लागि बनेको नयाँ गठबन्धनको भविष्य मतदानकै दिनबाट समाप्त हुने हो कि भन्ने अड्कलबाजी हुन थालेको छ । संसदमा ८८ सीट रहेको कांग्रेस र ७८ सीट भएको नेकपा एमालेलाई ३२ सीट रहेको माओवादी केन्द्रसँगको सहकार्य सहजै स्वीकार्य भएको देखिन्न । तेस्रो दल बनेको माओवादी कहिले कांग्रेस त कहिले एमालेसँग धोकाको राजनीति गर्दै अहिले सरकारको नेतृत्व गरिरहेको छ । यतिबेला माओवादीसँग सबैभन्दा असन्तुष्ट एमाले छ । राष्ट्रपतिमा माओवादीको साथ पाएको कांग्रेस पनि भित्रैबाट माओवादी अध्यक्ष प्रचण्डसँग खुशी छैन । कारण माओवादीको हैसियतमात्र होइन, वर्तमान प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डको स्वभाव र त्यसले निम्त्याएको राजनीतिक अस्थितरताप्रति एमाले र कांग्रेस दुवै असन्तुष्ट देखिन्छन् ।

एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपति निर्वाचन अगावै नयाँ गठबन्धन विथोल्ने प्रयास गरिरहेका छन् । त्यसअघि सफल नभएपनि वर्तमान गठबन्धन भत्काउने प्रयास जारी राख्ने अभिव्यक्ति एमाले नेताहरुले दिँदै आएका छन् । राष्ट्रपति निर्वाचन पछि कांग्रेसले माओवादीसँगको सहकार्य तोड्छ भन्ने भाष्य एमालेले जबरजस्त रुपमा स्थापित गराउन खोजिरहेको छ । अस्थिरताको कारक बनेको माओवादी केन्द्र लगाएत सबै साना दलहरुलाई बाईपास गर्दै कांग्रेस एमाले सहकार्यको सरकारकै लागि कसरत हुनसक्ने एमालेको संकेत छ । संसदको जटिल अंकगणितका कारण वर्तमान सरकार गठन हुनुपुर्व नै कांग्रेस एमाले गठबन्धनको सरकार बनाउने कसरत भएको थियो, तर विविध कारणबस सफल हुन सकेको थिएन ।

प्रचण्डबाट धोका पाएका ओलीले त्यसको बदला लिने प्रयास अवश्य गर्नेछन् । यसका लागि कांग्रेससँगको सहकार्य एकमात्र बाटो बन्न जान्छ । ओलीले ५ वर्ष नै कांग्रेसलाई सरकारको नेतृत्व दिँदै सत्ता सहकार्यको बाटो खोल्न सक्ने कतिपयको आंकलन छ । संसदको पहिलो दलको हैसियतमा माओवादी वा माधव नेपाललाई प्रधानमन्त्री स्वीकार गर्न कांग्रसलाई निक्कै अप्ठ्रो परिरहेको बुझ्न कठीन छैन । एमालेसँगको सहकार्य पक्का हुने हो भने, राष्ट्रपति आफ्नो बनिसकेको अवस्थामा पुर्ण कार्यकालको प्रधानमन्त्री पाए कांग्रेस पछि हट्ने देखिँदैन ।

त्यसो त माओवादीसँगको सत्ता साझेदारीमा कांग्रेस सभापति देउवा इमानदार देखिएका छन् । तर, संसदको तेस्रो शक्तिको इशारामा चल्नुपर्ने बाध्यताबाट उम्कने मौका मिले उनी पछि नहट्लान भन्न सकिन्न । तर, एमाले अध्यक्ष ओलीको ढुक्कले विश्वास गर्न कांग्रेसले चाहन्छ या चाहँदैन, त्यसले २५ गते पछाडीको राजनीतिले निर्देशीत गर्नेछ । कांग्रेसको विश्वास जित्न सकेको खण्डमा माओवादी लगाएत अन्य साना दलहरको अस्थिरता पन्छाउँदै कांग्रेस–एमाले सहकार्यको सरकार बन्ने आधार भने जीवितै छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -