Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:१७:१६ बिहान
- ADVERTISEMENT -

यूएईमाथि नेपालको रोमाञ्चक जित

प्रकाशित मिति: २०७९ फागुन २२, सोमबार

220
Shares

काठमाडौं ।

नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली यूएईमाथि रोमाञ्चक जित निकालेको छ ।

सोमबार दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले युएईलाई ४२ रनले पराजित गरेको हो । नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको युएईले ४५ ओभरमा १० विकेट गुमाउँदै १८७ रन मात्रै बनायो ।

युएईका लागि आसिफ खान र आर्यन लाक्राले अर्धशतकिय पारी खेले । खानले ८२ र लाक्राले ५० रनको योगदान गरे । अन्यले खासै राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालका लागि सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गरे । कामी र ऐरीले समान तीन/तीन विकेट लिए । सन्दिप लामिछाने, करण केसी र आरिफ शेखको नाममा एक/एक विकेट रह्यो ।

यसअघि टस जितेर ब्याटिङ थालेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएको थियो ।

नेपालका लागि भीम सार्कीले उत्कृष्ट अर्धशतकिय पारी खेले । उनले ९९ बलमा ७ चौकाको मद्दतमा ७० रनको योगदान गरे । उनको यो सिनियर टोलीमा करिअरको पहिलो अर्धशतक हो । उनलाई राम्रो साथ दिएका सन्दीप लामिछानेले २७ रन जोडे ।

ओपनरद्वय सस्तैमा आउट हुँदा नेपालको इनिङ सम्हालेका कुशल मल्लले ३२ रन बनाए । ज्ञानेन्द्र मल्लले ११ रन, आसिफ शेखले ६ रन जोड्दा कप्तान रोहित पौडेल भने एक रनमै आउट भए । दीपेन्द्र सिंह ऐरीले ४ रन, आरिफ शेखले ४३ रन, करण केसीले १७ रन र प्रतिश जिसीले ११ रन बनाए ।

युएईका लागि जुनैद सिद्दिकीले तीन विकेट लिँदा रोहन मुस्तफा र आर्यन लाक्राले समान दुई/दुई विकेट लिए । पलानियापन मयप्पनको नाममा एक विकेट रह्यो ।

जितसँगै नेपाल लिग -२ तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । तालिकामा नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकका साथ पाँचौँ स्थानमा छ । युएई समान खेलमा ३१ अंकका साथ छैठौँ स्थानमा झरेको छ । साथै नेपालले शीर्ष तीनमा पर्दै सोझै विश्वकप छनोट खेल्ने आशा कायमै राखेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -