काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेका राष्ट्रपति उमेदवार सुवास नेम्वाङलाई शुभकामना दिएका छन् । सोमबार राष्ट्रपतिमा भोट माग्न धुम्बाराही पुगेका नेम्वाङलाई देउवाले ‘उपयुक्त उमेदवार’ भन्दै शुभकामना दिएका हुन् ।
स्रोतका अनुसार भेटमा देउवाले नेम्वाङलाई सबैभन्दा उपयुक्त उमेदवार भनेर तारिफ गरेका थिए । तर, आफूहरूले उमेदवार उठाइसकेकाले शुभकामना मात्र दिन सक्ने बताएका थिए ।
“तपाईं सबैभन्दा उपयुक्त उमेदवार हो भन्नेमा विवाद रहेन । तर, हामीले उमेदवार उठाइसकेका छौँ । तपाईंलाई शुभकामना छ,” देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
कांग्रेसले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उमेदवार बनाएको छ । राष्ट्रपतिको उमेदवार फागुन २५ गते हुँदै छ ।








































