काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि अध्ययन गर्न उच्च स्तरीय समिति बनाउने घोषणा गरेका छन्
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार भएको छलफलमा प्रधानमन्त्री दाहालले अर्थतन्त्रको वाह्य क्षेत्र वित्तीय क्षेत्र र सार्वजनिक वित्तका विषयमा वृहत अध्ययन गरि सरकारलाई आवश्यक सुझाव दिन उच्च स्तरीय समिति बनाउने बताएका हुन् ।
प्रधानमन्त्री दाहालले अर्थमन्त्रालय, राष्ट्रिय योजना आयोग र नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरुसँग छलफल गरि अध्ययन कमिटी बनाउने बताएको स्रोतले जानकारी दियो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थमन्त्रालय राष्ट्र बैंक निजी क्षेत्र र अन्य सरोकारवालाहरुलाई सहभागी गराइ समिति बनाउने अर्थमन्त्रालयका एक अधिकारीले जानकारी दिए ।







































