Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४८:१५ बिहान
- ADVERTISEMENT -

सहकारीका व्यवस्थापन प्रमुखहरुको “राष्ट्रिय गोष्ठी २०७९” फागुन २४ र २५ गते काठमाडौंमा हुने

प्रकाशित मिति: २०७९ फागुन २१, आइतबार

227
Shares

काठमाडौँ ।
“प्रविधियुक्त सेवा र सुशासनः दिगो साकोस र छवि निर्माणका लागि जिम्मेवार व्यवस्थापन भन्ने सोच सहित सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी २०७९ (SACCOS CEOS NATIONAL WORKSHOP 2023 ) यही फाल्गुन २४ र २५ गते काठमाडौंमा आयोजना हुँदैछ । यस संघको आयोजना र नेफ्स्कून साकोस म्यानेजर्स क्लबको व्यवस्थापनमा हुन गइरहेको उक्त गोष्ठीका लागि ४८ जिल्लाका ८३ महिला सहित ३९८ सहभागीको आवेदन गरिसकेका छन्।

नेपालका वित्तीय सहकारीका व्यवस्थापकीय प्रमुखहरुलाई समेटी गोष्ठीको आयोजना गरी प्राप्त उपलब्धीका सन्देशहरुको प्रवाह गर्दै जानु नेफ्स्कूनको दायित्व भएकाले प्रथम र दोस्रो गोष्ठीको सिकाई र व्यवस्थापन प्रमुखहरुको माग एवम् आवश्यकताको आधारमा यो गोष्ठी आयोजना गर्न लागिएको हो । उपलब्ध श्रोत र साधनलाई दृष्टिगत गरी वित्तीय सहकारी क्षेत्रका व्यवस्थापकीय तहमा कार्यरत कर्मचारी, नियमनकारी निकाय, सम्बन्धित सरोकारवाला एवम् विकास क्षेत्रका सहयात्रीहरु समेतको प्रतिनिधित्व रहने गरी करिब ४५० जना भन्दा बढी सहभागिता रहने व्यवस्था मिलाइएको छ।
गोष्ठीको उद्देश्यहरु :

  • वित्तीय सहकारीको दर्शन र मुल्यमा आधारित व्यवसायिक जनशक्ति विकास गर्नु,
  • विश्वव्यापी नविनतम अभ्यास, अनुभव र सिकाईहरु मार्फत ज्ञान, सीप र प्रविधिको अवलम्बन एवम् हस्तान्तरण गर्नु,
  • ग राष्ट्रियस्तरमा भएका नविनतम र सफल अभ्यासहरु आदानप्रदान गर्नु, वित्तीय सहकारीका लागि विकास गरेका नविनतम औजार र समाधानहरुको आन्तरिकीकरणको लागि दिशानिर्देश गर्न।,
  • कार्यरत जनशक्तिको उत्प्रेरणामार्फत तनाव रहित वातावरणमा कार्यसम्पादनका लागि प्रेरित गर्न,
  • वित्तीय सहकारीको विकासका सम्भावना पहिचान गरी कार्यान्वयन गर्न अभिप्रेरित गर्नु,
  • वित्तीय सहकारीलाई उत्पादनमा आधारित लगानीमा प्रोत्साहित गर्नु,
  • वित्तीय सहकारीलाई आकर्षक रोजगार प्रवर्द्धक क्षेत्रको रुपमा स्थापित गर्नु,
  • वित्तीय सहकारीको योजना विकास र छवी निर्माणको लागि साझा घोषणा जारी गर्न रहेको छ।

गोष्ठीमा राष्ट्रियदेखि विश्व सञ्जालहरु विश्व ऋण परिषद् (अमेरिका), एसियाली ऋण महासंघ (थाइल्याण्ड), नेपाल राष्ट्र बैंक र नेपालको आर्थिक विकासमा सहकारी क्षेत्रलाई सफल माध्यम बनाउन अतुलनीय योगदान गर्ने विद्वतहरुबाट विभिन्न ७ विषयमा कार्यपत्रहरु प्रस्तुत हुनेछन् । गोष्ठीमा ७ वटै विषयका सामुहिक सत्र सञ्चालन गरिनेछ । पहिलो दिन वर्तमान परिदृश्यमा दिगो साकोस अभियानको लागि जिम्मेवार व्यवस्थापन र संघको भूमिका, वित्तीय सहकारीको छवी निर्माण, समावेशी संरचना र प्रविधि हस्तान्तरण, विश्व अर्थतन्त्रः वित्तीय सहकारीमा प्रभाव, सम्भावना र चुनौती गरी ३ विषयमा प्रस्तुती रहने छन्।

दोस्रो दिन मानव संशाधन व्यवस्थापनका सामयिक / समवर्ती सवालहरु र नेपालमा सफल साकोसका अनुभवहरु, वित्तीय प्रविधिमा साकोसका सम्भावना र चुनौतीहरु, वित्तीय सहकारी ऐनको अन्तर्राष्ट्रिय अभ्यास र नेपालको आवश्यकता, ईमोशनल एण्ड स्पिरिचुअल ईन्टेलिजेन्स ईन म्यानेजर्स सम्बन्धी ४ विषयवस्तुमा सामुहिक सत्र सञ्चालन हुनेछन् ।

२०७३ सालबाट साकोसका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी सञ्चालन शुरुवात गरेको नेफस्कूनले प्रत्येक तीन वर्षको अन्तरालमा नियमित सञ्चालन गर्दै आइरहेको छ । राष्ट्रिय गोष्ठीको सफलताको लागि नेफस्कूनसँग साझेदारी वा सहयोग गर्न चाहने संघ संस्थाहरूको पनि आर्थिक सहयोग रहनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -