Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०९:५९ दिउँसो
- ADVERTISEMENT -

स्ववियु निर्वाचनको तयारीमा विद्यार्थी सङ्गठन

प्रकाशित मिति: २०७९ फागुन २१, आइतबार

246
Shares

काठमाडौं । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि चितवनका विद्यार्थी सङ्गठनले दल दर्तासँगै आफ्नो तयारी तीव्र पारेका छन् । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारीसँगै दल दर्ता गराएसँगै उनीहरु तयारीमा जुटेका हुन् ।

नेपाल विद्यार्थी सङ्घ चितवनका अध्यक्ष राजेश भुसालले स्ववियु निर्वाचन हुने जिल्लाका सबै क्याम्पसमा दल दर्ताको काम भइरहेको बताउनुभयो । निर्वाचनको तयारीस्वरुप सबै विद्यार्थी सङ्गठनले दल दर्ता गराइरहेका छन् । नेपाल विद्यार्थी सङ्घ जिल्लाले सबै क्याम्पसमा निर्वाचनको तयारीमा जुटेको उहाँको भनाइ छ । भुसालले भन्नुभयो, “एक दुई क्याम्पसमा निर्वाचन आयोग गठनको प्रक्रियामा रहेकाले केही समय लागेको छ । अन्य क्याम्पसमा दल दर्ताको काम भइरहेको छ ।” नेपाल विद्यार्थी सङ्घले आफ्ना गरेका कामका बारेमा जानकारी गराउँदै विद्यार्थीमाझ गएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचनका लागि सबै क्याम्पसमा विद्यार्थी सङ्गठन र विद्यार्थीको सक्रियता बढेको छ ।” विद्यार्थी सङ्गठनबीच तालमेलका लागि केन्द्रमा प्रयास भइरहेको उल्लेख गर्दै उहाँले अहिले जिल्लामा सङ्गठन आआफ्नो तयारीमा लागेको जानकारी दिनुभयो । केन्द्रबाट निर्णय आएसँगै जिल्लामा पनि तालमेल हुने उहाँको भनाइ छ । नेकपा (एमाले) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) पनि दल दर्तासँगै निर्वाचनका लागि सक्रिय बनेको छ । आफ्ना गतिविधिलाई विद्यार्थी माझ पु¥याउँदै सक्रियता बढाएको अध्यक्ष प्रकाश कालाखेतीले जानकारी दिनुभयो ।

जिल्लामा स्ववियु निर्वाचन हुने १३ वटै क्याम्पसमा अखिलका विद्यार्थीको सक्रियता पहिलेको तुलनामा अहिले बढ्दै गएको उहाँको भनाइ छ । कालाखेतीले भन्नुभयो, “क्याम्पस क्याम्पसमा दल दर्तासँगै निर्वाचनका विषयमा छलफल र बहस भइरहेको छ ।” छलफलबाट उम्मेदवारको टुङ्गो लगाउन क्याम्पसमा रहेको आफ्नो सङ्गठनलाई निर्देशन गरिएको उहाँले जानकारी दिनुभयो । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीका जिल्ला इञ्चार्ज अविनाश रम्तेलले सबै सङ्गठन निर्वाचनका लागि दल दर्तामा व्यस्त भएको बताउनुभयो । निर्वाचनको मिति नजिकिँदै जाँदा सङ्घसङ्गठनले आफ्ना कार्यक्रम विद्यार्थीमाझ केन्द्रित गर्दै लगेको उहाँको भनाइ छ । सुरुआती समयमा २०६५ सालको स्ववियु निर्वाचनमा जस्तो विद्यार्थीमा उत्साह नदेखिएको भए पनि अहिले विस्तारै निर्वाचन केन्द्रित माहोल बन्दै गएको उहाँले बताउनुभयो ।

हरेक क्याम्पसमा आफ्ना गतिविधिलाई विद्यार्थीमाझ लैजाने काम भइरहेको छ। रम्तेलले भन्नुभयो । गठबन्धनको कुरा केन्द्रमा चलिरहेको उल्लेख गर्दै उहाँले केन्द्रको निर्देशनअनुसार आफूहरु अघि बढ्ने बताउनुभयो । त्रिभुवन विश्वविद्यालयले जारी गरेको निर्वाचन तालिका अनुसार यही फागुन १९ गते सङ्घ, सङ्गठन दर्ता, २१ गते मतदाता सूची प्रकाशन, २५ गते मतदाता सूचीउपर दाबी विरोध र अन्तिम नामावली प्रकाशन, २६ गते प्रत्यक्ष र समानुपातिकतर्फको मनोनयन पत्र वितरण, फागुन २७ गते प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारको नामावली दाखिला, प्रत्यक्षतर्फका उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

यस्तै फागुन २८ गते उम्मेदवारको नामावली उपर दाबी विरोध, दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन, २९ गते नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशनको कार्यक्रम छ । आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म मतदान हुने कार्यतालिका तय भएको छ । सामुदायिक क्याम्पसमा भने दल दर्ताको काम आज जारी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -